वेथिति श्रृंखला-१० : प्राविधिकको स्टमेट होइन, जनप्रतिनिधीको ठाडो आदेश चल्छ

मातृभूमी संवादाता । ३२ जेष्ठ दैलेख
आठबीस नगरपालिकाको राकम–सिहासैन सडक ग्रेड नमिलाई ठाडो उकालो खनिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । ठाडै उकालो वाटो खनेकाले वर्षात्को समयमा भलले वगाएर लैजाने स्थानीय खगेन्द्रबहादुर शाहीले वताए ।
उता नगरपालिकाका ईन्जिनियर सुमित दासले आफुले दिएको स्टेमेन्टभन्दा पनि वडाध्यक्ष र डोजर चालकले आफुखुसी सडक खन्ने गरेको वताए । आफुले दिएको लाईनभन्दा बाहिर खन्ने गरेकाले ग्रेट विग्रीएको स्विकार ईन्जिनियर दासले गरे ।
आठविस नगरपालिकाको राकमदेखी रोल जाने बाटो चिप्लेटी खेल्ने गरी ठाडो उकालो बनाएको भन्दै गाडी होईन् मान्छे हिड्न समेत नमिल्ने सडक कस्का लागि खनेको भन्दै स्थानीय आर्काेसित वनेका छन् ।
नगर प्रमुख खड्काराज उपाध्यायले तत्काल ग्रेड मिलाउन निर्देशन दिएको वताए । आगामी दिनमा विकासे गतिविधिमा प्राविधिक वेगर दायाँवाया काम नगर्न भन्दै जनप्रतिनिधिहरुलाई आफ्नो प्रभावमा विकास नगर्न नगर प्रमुख उपाध्यायले निर्देशन दिए ।
त्यस्तै स्थानीय अगुवा नैनबहादुर शाहीले आठबीस नगरपालिकाको मुकामको विषयमा टुंगो नलागेको बताएका छन् । उनले बसपार्क निर्माणको लागि डिपिआर आठविस नगरपालिका–४ बुढाखोला गरियो तर, फेरी नगरपालिकाको कार्यपालिका बैठकबाट आठबीस नगरपालिका–३ धौलाकोट गराउने निर्णयले बाँझिएकाले तत्काल सच्चाउन माग गरे ।
बसर्पाकमा डिपिआर बनाउन लाखौं रकम लगानी गरेर नगरपालिकाले फेरी अर्को ठाउँमा बसपार्क बनाउन गरेको निर्णयले विवादित बनाएको उनको तर्क छ । पिपलकोटस्थित स्वास्थ्य चौकीबाट डेढ वर्षदेखी अनमी दुर्गा शर्माले खाँदै आएको तलव अहिले नगरपालिकाले रोकेको गुनासो गरेकी छन् ।
गाउँमा स्वास्थ्य चौकीहरु ३ वटा वडामा अँझै नपुगेको र औषधी उपचार समेत नपाउने गरेको आठबीस नगरपालिकाका अगुवा प्रेमप्रकाश शाहीले बताए । नगरपालिका घोषणा भएर चुनाव सकिएको दुई वर्ष पुग्दा समेत स्वास्थ्य चौकी स्थापना नभएकोमा शाहीले तत्काल नगरपालिकाले ठोस योजना बनाउनुपर्ने सुझाव दिए ।
प्रमुख प्रशासकिय अधिकृत कुलराज सुवेदीले विकासको बाधक नभई सहयोगी भएर गुणस्तर विकासमा सघाउन पुराउन सवैलाई आग्रह गरेका छन् । विकास निर्माणदेखी नगरपालिकाले दिने सेवा सुविधासम्म कार्यालयमै आएर विभिन्न माध्यामवाट राखेमा आगामी दिनमा काम गर्न सजिलो हुने प्रमुख प्रशासकिय अधिकृत सुवेदीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *