ठाँटिकाँधमा जिप दुर्घटना ४ जना गम्भिर घाईते

मातृभूमी संवादाता । २ असार दैलेख
ठाँटिकाँध गाउँपालिका ३ बहाकोटमा जिप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । भे १ च २९९० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ठाँटिकाँध गाउँपालिका ४ निबासी सुरत बहादुर शाही, बमबहादुर शाही, गाडी मालिक लोकेन्द्र शाही र चालक भरत बिस्ट गम्भीर घाइते भएका हुन् । गाडीमा चालक सहित ९ जना सवार रहेको जनाइएको छ । सुर्खेत देखि गाउँपालिकाको वडा नम्बर ४ तर्फ जाँदै गरेको गाडी आज बिहान करिब ८ बजे दुर्घटनामा परेको हो । गाडी बहाकोट बजार देखि झन्डै ५०० मिटर तल भेरीपातल भन्ने ठाउँमा पुगेको छ । थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लैजाने तयारी भैरहेको जनाइएको छ । अन्य घाईतेहरुको सामुदायिक स्वस्थ इकाई बहाकोटमा उपचार भैरहेको स्वास्थ्यकर्मी भगवति मल्लले वताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *