मेगा वैंक दैलेखले दियो पुर्ण छात्रवृति

मातृभूमी संवादाता । १६ असार दैलेख
मेगा बैंक दैलेख शाखाले पुर्ण छात्रवृति प्रदान गरेको छ । त्रिभुन माध्यामिक विद्यालय नयाँवजार दैलेखमा कक्षा १० मा अध्ययनरत छात्रा अमृताकुमारी शाहीलाई पुर्ण छात्रवृति प्रदान गरेको हो । मेगा बैंक दैलख शाखाका प्रवन्धक मन्जु चन्दका अनुसार शाहीलाई कक्षा १२ को अध्ययन गर्ने वेला सम्मका लागी पुर्ण छात्रवृति प्रदान गरिने छ ।
“Education Is Enlightenment” Campaign for “Girl Child Education-One Branch One Child” अभियान अन्र्तगत शाहीलाई पुर्ण छात्रवृति प्रदान गरिएको शाखा प्रवन्धक चन्दले जानकारी दिईन् । उनले भनिन् ‘वालिकालाई शिक्षाप्रति प्रोत्साहन गर्नका लागी गरिव तथा जेहेन्दार छात्रालाई पुर्ण छात्रवृति दिएका हौँ ।’ आगामी दिनमा वालिका प्रतिको शैक्षिक छात्रवृति कार्यक्रमलाई निरन्तरता दिईने शाखा प्रवन्धक चन्दले वताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *