चामुण्डाको बजेट पास : शिक्षा, खानेपानी, विद्युत र पर्यटन मुख्य प्रथामिकता

मातृभूमी संवादाता । २५ असार चामुण्डा (दैलेख)
चामुण्डा विन्द्रासैनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा बजेट सर्वसम्मत पास भएको छ । बुधाबार नगरसभाको २ दोश्रो बैठकमा चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा कुमारी शाही (खत्री) ले प्रस्तुत गरेको नीत तथा बजेट सर्वसहमत पास भएको हो ।
आगामी आर्थिक वर्षम नगरपालिकाले शिक्षा, विद्युत, सहरी विकास र खानेपानीलाई बजेटमा प्रथामिकता दिएको छ । यसैगरी आगामी आर्थिक वर्षभित्र नगरपालिकामा खाद्यन्न संस्थान शाखा स्थापनाका लागि १५ लाख बजेट विनियोजित गरेको छ ।
यस्तै बजेटमा आगामी आर्थिक वर्ष सहरी विकास तर्फ २ करोड ५६ लाख ५० हजार बजेट विनियोजन गरेको चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख खत्रीले प्रस्तुत गरेको बजेट भाषणमा उल्लेख गरिएको छ ।
यसैगरी सामाजिक विकास तर्फ २ करोड ९ लाख ५०, विद्युत तर्फ १ करोड छुट्याइएको उपप्रमुख खत्रीले जानकारी दिईन् । यसैगरी खानेपानी तर्फ कर्णाली लिफ्टिङ र मजुवा खानेपानीका लागि ६० लाख, पर्यटन तर्फ ५५ लाख, कृषि तथा पशुपंक्षि तर्फ ३० लाख बजेट छुट्याईएको छ । आगामी आर्थिक वर्षमा एक जनप्रतिनिधि एक संरक्षित जंगलका लागी पनि बजेट विनियोजन गरिएको छ । लैगिंक समता तथा सामाजिक समावेशीकरण तर्फ ३० लाख बजेट विनियोजत गरिएको छ ।
यसैगरी सडकलाई हरियाली तथा जैविक मैत्री बनाउने उद्देश्यका साथ साङ्गेतडा–पाल्त सडक १००८ वरपिपल रोप्न बजेट विनियोजित गरिएको जनाईएको छ । जसका लागि २ लाख बजेट विनियाजित गरिएको उपप्रमुख खत्रीले बताईन् ।
गुणस्तरीय शिक्षा बनाउनका लागि शिक्षालाई प्रथामिकतामा राखिएको चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले बताए ।
यसैगरी आर्थिक अवस्था कमजोर भएका उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययन गर्नबाट वञ्चित भएका बालबालिकालाई नगर प्रमुख अक्षयकोष स्थापना गरिएको उनले बताए । चामुण्डा विन्द्रासैनीलाई पर्यटकीय हवको रुपमा विकास गर्न नगरलाई निरन्तरता दिन बजेट विनियोजन गरिएको छ ।
असिना पिडितलाई राहत दिनका लागि खाद्यन्न संस्थान स्थापनाका लागि बजेट विनियोजन गरिएको नगरप्रमुख शाहीले जानकारी दिए । खाद्यन्न संस्थानको शाखा स्थापना भएपछि नगरवासीले सहुलितमा खाद्यन्न सामाग्री खरिद गर्न पाउने उनले बताए ।
हाम्रो तेस्रोआँखा दैनिक सँग नगरप्रमुख शाहीले भने ‘आगामी तीन वर्ष भित्र सबै वडामा विद्युतिकरण गरी चामुण्डा विन्द्रासैनी नगरपालिकालाई उज्यालो नगरपालिकाको रुपमा विकास गर्न बजेटलाई प्रथामिकता दिईएको छ ।’ यसैबीच चामुण्डाविन्द्रासैनी नगरपालिका विनियोजित ऐन पास भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *