‘आगामी आवमा ४० लाख राजश्व उठाउने लक्ष्य’

मातृभूमी संवादाता । २८ असार दैलेख
विपद् व्यवस्थापनलाई न्युनिकरण गर्न चामुण्डाविन्द्रासैनी नगरपालिकाले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन पास भएको छ । शनिबार जम्बुकाँधमा भएको नगरसभाको तेश्रो बैठकबाट विद्येयक समितिका संयोजक वीरबहादुर शाहीले पेस गरेको विपद् व्यवस्थापन ऐन पास भएको हो ।
नगरपालिका क्षेत्र भित्र प्राकृतिक तथा गैर प्राकृतिक विपद् बाट सर्वसाधारणको जीउ ज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवम् साँस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्नका लागि विपद् जोखिम न्यूनिकरण गर्न ऐन ल्याएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले बताए ।
हरियाली सडकले मात्र नगरको समृद्धि हासिल गर्न सक्ने भएकाले नगरपालिकाले बजेट विनियोजित गरि आगामी वर्ष नगरपालिका प्रत्येक सडक सञ्जालमा आयमृुलक सहित हरियाली सडक बनाउने नीति रहेको उनले बताए ।
उनले भने ‘हामी भन्छौँ समाजवाद ल्याउनु पर्छ ।’ के सडकलाई हरियाली बनाएर समाजवाद आउँछ त ? समाजवाद ल्याउनका लागि हरियाली सडक होइन, आयमुलक हरियाली सडक बनाउनु पर्ने उनको तर्क छ । नगरवासीलाई आर्थिक रुपमा सबल बनाउन आयमलुक हरियाली सडकलाई अघि सारिएको उनको भनाई छ । आगामी आर्थिक वर्षको बजेट जनतामुखी भएकाले कार्यान्वयमा सबैले सहयोग गर्न उनले आग्रह गरे ।
यसैबीच चामुण्डाविन्द्रासैनी नगरपालिका उपप्रमुख ताराकुमारी शाही (खत्री) ले सभामा प्रस्तुत गरेको आर्थिक ऐन २०७६ सर्वसम्वत पास भएको छ । नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको जग्गा र त्यस्तो जग्गामा बनेको भौतिक संरचनाहरुलाई एकीकृत रुपमा हिसाब गरीसम्पत्ति कर लगाइने उपप्रमुख शाहीले प्रस्तुत गरेको आर्थिक ऐनमा उल्लेख छ । तर गुठी जग्गामा सम्पत्ति कर लगाइने छैन ।
चालु आर्थिक वर्षमा करिव २३ लाख राजश्व संकलन गर्न सफल भएको नगरपालिकाले आगामी आर्थिकमा ४० लाख राजश्व उठाउने लक्ष्य लिएको उपप्रमुख शाहीले बताईन् । समृद्ध नगर बनाउनका आर्थिक ऐन पास गरिएको उनले बताईन् । साथै विपद् व्यवस्थापन सम्बन्धि कानून नहुदाँ विपद् परेका व्यक्तिलाई राहत दिन कठिनाई भएको उनले बताईन् । अब ऐन जारी भएपछि विपद् परेका व्यक्तिलाई राहत दिन सहज हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *