दैलेखको आठविस नगरपालिकामा बस दुर्घटना, १ को मृत्यु ७ घाइते

मातृभूमी संवादाता । ७ श्रावण दैलेख
कर्णाली राजमार्गको दैलेखमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मंगलबार बिहान दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझी रहेको प्रहरीले जनाएको छ । घाइते ७ जनाको अहिले स्थानीय मेडिकलमा उपचार भैरहेको छ । सो बस घुम्तिमा चिप्लेर करिब ५०-६० मिटर तल खसेको प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!