खीर खाएर साउन १५ मनाइँदै

मातृभूमी संवादाता । १५ श्रावण दैलेख
आज साउन १५ गते नेपालीहरुले खीर खाएर साउन १५ मनाउँदै छन् । बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।
नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने चलन छ । स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचिनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *