नौमूलेमा खाद्य डिपोको माग

मातृभूमी संवादाता । २० श्रावण दैलेख
नौमुले गाउँपालिकामा खाद्य डिपो स्थापनाको माग गरिएको छ । नौमुले गाउँपालिका क्षेत्रमा पछिल्लो समय देखिएको खाद्य संकटलाई मध्यनजर गर्दै खाद्य डिपो स्थापनाका लागी माग गरिएको गाउँपालिकाले जनाएको छ ।
जलवायु परिवर्तनको असर र दिनानुदिनको उत्पादनमा आएको ह्रासले आफ्नै खेतवारीबाट १२ महिनासम्म खान नपुग्ने अवस्था श्रृजना हुनु र वर्षेनी अन्नवाली हावा हुरी र असिनाले सखाप पार्न थालेपछि विकल्पकाे रूपमा खाद्य डिपोको स्थापना गर्न पहल थालिएको गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताएका छन् । खाद्य डिपोका लागि आवश्यक पुर्व तयारीका लागि गाउँपालिका अगाडी वढेको अध्यक्ष वुढाले वताए । गाउँपालिकाले नौमुले वजारमा खाद्य डिपो स्थापना गर्न आवश्यक पहल गर्ने भन्दै कार्यपालिका वैठकवाट ६ रोपनी जग्गा खरीद र खाद्य गोदाम निर्माण गर्न २० लाख रकम छुट्याउने निर्णय गरेको अध्यक्ष वुढा वताउँछन् ।
त्यसैगरी गाउँपालिकाले खाद्य डिपो स्थापनाका लागि जिल्ला समन्वय समिती र जिल्ला प्रशासन कार्यालयको सिफारीस पनि प्राप्त गरेको वुझिएको छ । ति निकायवाट प्राप्त सिफारीस सहित नेपाल खाद्य संस्थान काठमाडौमा जाने तयारी भएको अध्यक्ष वुढाले जानकारी दिएका छन् । उनले वजारवाट चर्को मुल्यमा खाद्यान्न खरीद गरेर मर्कामा परेको हुँदा सहुलियतमा डिपोवाट खाद्यान्न उपलव्ध गराई जनतालाई सेवासुविधा प्रदान गर्ने उदेश्य राखेर खाद्य डिपोको माग गरीएको वताएका छन् ।
यस गाउँपालिकाका जनतालाई वर्षेनी खाद्य संकट पर्दे गएकाले पनि गाउँपालिकामा खाद्य डिपो स्थापनाको तयारीमा जुटेको गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंहले वताइन् । नौमूले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोइरालाले खाद्य डिपो स्थापनाको लागि सम्पूर्ण तयारी भएको वताए ।

2 thoughts on “नौमूलेमा खाद्य डिपोको माग

  1. best of lock ल बधाई छ नौमुले का जनता लाई केहि न केहि हल्का जनता को पिर मर्का बुझेर काम चाल्नु भयको मा यस गाउँ पालिका का मुख्य भदे बुढा मगर पुसाइ लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *