चामुण्डामा युवा दिवस मनाइयो

मातृभूमी संवादाता । २७ श्रावण दैलेख
१२ औँ अन्तष्ट्रिय युवा दिवस भव्य रुपमा मनाईएको छ । सोमबार जम्बुकाँधमा चामुण्डाविन्द्रासैनी नगरपालिका, सेभ द चिल्ड्रेन र एभरेष्ट क्लवको संयुक्त आयोजनामा “शिक्षामा रुपान्तरणः उद्यमशिलता र नवप्रवर्तनू” भन्ने मुलनाराका साथ दिवस मनाईएको हो । दिवसमा नगरपालिका भित्र व्यवसायी गर्दै आएका दुई जना युवा उद्यमी सम्मान गरिएको छ । सम्मानित हुनेमा चामुण्डाविन्द्रासैनी ६ की दिपा रावत र वडा नं. ३ की भावना लामिछाने मगर रहेकी छिन् ।
कार्यक्रममा चामुण्डा विन्द्रासैनी नगरपालिकाका कार्यवाहक नगरप्रमुख एवम् वडा नं. १ का वडा अध्यक्ष रंगबहादुर तामाङ्गले गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट शिक्षामा रुपान्तरण गर्ने र सोको प्रतिफल स्वरुप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवर्तनमा टेवा पु¥याएरको उनले बताए । युवाहरुलाई स्वरोजगार बनाउन नगरपालिका नीति तथा कार्यक्रम नै पास गरेको उनले जानकारी दिए ।
एभरेष्ट क्लवका अध्यक्ष दिपककुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विक, सेभ द चिल्ड्रेनका मोतिलाल ढकाल, नगर उद्योग वाणिज्य संघका अध्यक्ष लोकेन्द्र प्रसाद शर्मा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
यसैगरी नगर उद्योग वाणिज्य संघ अध्यक्ष शर्माले आर्थिक रुपमा विपन्न दुई जना बालबालिकालाई १० हजारका दर आर्थिक सहयोग गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *