डा. यादवको राजीनामा सीके राउतलाई संसद्मा ल्याउन

मातृभूमी संवादाता । २९ श्रावण काठमाण्डौ
समाजवादी पार्टीका एकजना सांसद डा. सूर्यनारायण यादवको राजीनामालाई डा. सीके राउतलाई संसद्मा ल्याउने तयारीस्वरुप गरिएको बताइएको छ ।
पार्टीलाई कुनै पनि जानकारी नगराई सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा. यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका छन् ।
उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको भए पनि सीके राउतलाई संसद्मा ल्याउन पहलस्वरुप राजीनामा आएको जानकारी पाएपछि संघीय समाजवादी पार्टीले राजीनामा स्वीकृत नगर्न सभामुखलाई दबाब दिएको स्रोत बताउँछ ।
उनले आफू बिरामी रहेकाले पदबाट राजीनामा दिएको बताएका छन् ।
राउत बिखण्डनको मुद्दा छाडेर केही समयअघि मुलधारमा आएका थिए । राउतलाई संसद्मा ल्याउने सहमति यसअघि नेकपाकै नेताहरुसँग भएको स्रोत बताउँछ । बैठकमा कम उपस्थित हुने यादवले यसअघि पनि राजीनामा दिने मनस्थिति बनाएको बताइएको छ । तर सभामुखको सचिवालय स्रोतले दिएको जानकारी अनुसार डा. यादवले राजीनामामा स्वास्थ्य बाहेक अन्य कुनै कारण देखाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!