महावुमा जिप दुर्घटना ९ जना घाईते

मातृभूमी संवादाता । ३१ श्रावण दैलेख
महाबु गाउँपालिका १ खरिगैराको जयन्ती मावि नजिक जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । खरिगैराबाट दैलेख सदरमुकाम हुँदै सुर्खेतका लागी हिडेको बा १६ च ४३६६ नम्बरको पिक अप जिप जयन्ती मावि नजिकै शुक्रबार विहान दुर्घटना भएको हो ।
दुर्घटनामा चालक रमेश केसी सहित अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घाईतेहरु मध्ये चालक महावु गाउँपालिका २ वस्ने २४ वर्षका रमेश खत्री, सोहि वडा वस्ने २२ वर्षका गंगाराम थापा, ७ वर्षका रुपक खत्री, ९ वर्षका चन्द्र वहादुर खत्री र २१ वर्षका रामवहादुर वडुवाललाई जिल्ला अस्पताल दैलेखमा उपचार सम्भव नभएपछि सुर्खेत रेफर गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।
जिप हिलोमा चिप्लिएर सडकदेखि करिब १ सय मिटर तल खसेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!