दैलेखको आठविसमा लडेर एकको मृत्यु

सांकेतिक तस्विर

मातृभूमी संवादाता । ३२ श्रावण दैलेख
दैलेखको आठविस नगरपालिकामा पर्ने कर्णाली राजमार्गबाट लडेर एक जनाको मृत्यु भएको छ । दैलेख पश्चिमको आठबिस नगरपालिका वडा नम्बर ४ कुन्टाका विष्ण माझीको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय राकमकर्णालीका इन्चार्ज विष्णु गिरीले जानकारी दिए । प्रहरीले शनिबार बिहान कर्णाली राजमार्गको डाडाआँपखोला नजिकै उनलाई मृत अवस्थामा फेला पारेको जनाएको छ ।
माझी शुक्रबार रातिनै लडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको इन्चार्ज गिरीले जानकारी दिए । उनका अनुसार माझी सडकभन्दा करिब ४० मिटर तल खसेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!