फरार आरोपित पक्राउ

सांकेतिक तस्विर

मातृभूमी संवादाता । ३२ श्रावण दैलेख
पानी छोएको निहुमा हसिया प्रहार गरी कुटपिट गर्ने दैलेख नारायण नगरपालिका १० भवानीकी २५ वर्षीया राजकुमारी न्यौपानेलाई प्रहरीले प्रक्राउ गरेको छ । उनलाई जातीय विभेद गरेको भन्दै पीडितले दिएको उजुरी आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ । गत बैशाख ११ गते धारामा पानी छोएको भन्दै सोही ठाउँकी लक्ष्मी कामीलाई न्यौपानेले कुटपिट गरेको भन्दै पीडितले बैशाख १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जातीय विभेदको मुद्दा दर्ता गराएकी थिईन् ।
आरोपित न्यौपाने सुर्खेतमा आफन्तको घरमा लुकीछिपि बसेको सुराकीको आधारमा दैलेखबाट गएको प्रहरीले शुक्रबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलल बताए । बयान बदल्न जनप्रतिनिधि र नेताले दबाब दिएको भन्दै उक्त घटनाले केही समय अगाडि चर्चा पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!