सडक सुधार गर्दै नौमूले गाउँपालिका, दशै अगावै सवै वडामुकाममा यातायातको पहुँच पुर्याईने
मातृभूमी संवादाता । १ भाद्र दैलेख (नौमूले)
नौमूले गाउँपालिकाका सवै वडाहरुमा वर्षायाममा विग्रीएका सडक सुधारमा नौमूले गाउँपालिकाले चासो वढाएको छ । वर्षा कम भएसंगै गाउँपालिकाले १ देखि ८ वटै वडामा जाने सडक सुधारको काम थालेको हो ।
चाडपर्व नजिकिदै गर्दा गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै धमाधम सडक सरसफाईमा जोड दिएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताए । चड पर्व नजिकिएसंगै स्थानीयको चहल पहल निकै वढ्ने भएकाले सहज यात्राका लागी वर्षा कम भएकाले सडक सुधारको काम थालिएको अध्यक्ष वुढाले वताए ।
वर्षामा पानीले विगारेका ठाउँहरुमा सडक सफा गर्ने काम भएकाले केहि दिनमै नौमुले मुकामवाट सवै वडाहरुमा सहज यात्रा हुने अध्यक्ष वुढा वताउँछन् । चाड पर्वको वेला घर आउने तथा वाहिर जानेहरुको वढि चाप हुने भएकाले यात्रुहरुको यात्रा सहज बनाउनका लागि गाउँपालिकाले सडक सुधार कार्यलाई जोड दिएको अध्यक्ष वुढाले वताए । ‘चाड पर्वको वेला स्थानीयको आगमनमा सहजताका लागि नौमूले गाउँपालिकाले सडक मर्मतमा जोड दिएका छ’ अध्यक्ष वुढाले भने, ‘विगतका वर्षहरुमा चाड पर्वका वेला यात्रुहरुले वढि सास्ती पाउने गरेकाले यस वर्ष चाड पर्व नजिकिदै गर्दा स्थानीयहरुको सहजताको लागि नौमूले गाउँपालिकाले सडक सुधारमा चासो वढाएको हो ।’
नौमूले गाउँपालिका केन्द्रदेखि नौमूलेका सवै वडामुकामहरुमा दशैसम्म सहज तरिकाले सवारी सधानहरु चल्लन सक्ने गरी काम शुरु गरिएको जनाइएको छ । नौमूले गाउँपालिकाको तामेदेखि शुरु गरिएको सडक सुधार नौमूले वजारसम्म पु¥याई वडाहरुमा पु¥याईने गाउँपालिकाले जनाएको छ ।