नौमूलेमा हावाहुरीले मकैवाली सखाप

मातृभूमी संवादाता । २ भाद्र दैलेख (नौमूले)
अविरल वर्षासंगै आएको हावाहुरीले दैलेखको नौमूले गाउँपवालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकैबालीमा सखाप पारेको छ । नौमूले गाउँपालिकाका अधिकांस वडामा बर्षासंगै आएको हावाहुरीले मकैबाली सखाप पारेको हो ।
नौमूले गाउँपालिको वडा नं ५,६ र ७ का अधिकांश स्थानमा किसानले लगाएको मकैबाली नष्ट भएको स्थानीय लालबहादुर चन्दले जानकारी दिए । वडा नं ६ सल्लेरीको नाउली, अटा लगाएतका स्थानमा ठुलो मात्रमा मकैवालीमा क्षति पु¥याएको चन्दले वताए ।
स्ललेरी लगाएतका अन्य वडामा गरी ५ सय भन्दा बढी परिवारले लगाएको मकैबाली समेत हावाहरीले ढलाएर नष्ट गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
सल्लेरी पैती आटा माथिल्लो नाउली लगाएतका स्थानमा बर्षासंगै आएको हावाहरी मकै ढलाएको चन्द वताउँछन् । मकैमा बाला लाग्ने समय हुँदा हावाहुरीले नष्ट गरेपछि किसान चिन्तीत बनेका छन् ।
पुर्वक्षेत्रबाट आएको हवाहुरीले विभिन्न ठाउँको गरि त्यस क्षेत्रमा ६० प्रतिशत मकैवालीलाई क्षति पु¥याएको अनुमान गरिएको छ । अधिकांश स्थानमा फूल खेल्ने अवस्थामा रहेको मकै सोत्र्याम्म भएपछि किसान निराश वनेका छन् । बारीको सारा मकै काम नलाग्ने भयो ठूलो क्षति भएपछि त्यस भेगका किसन चिन्तित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *