वेथिति श्रृंखला-१२ : रिलायन्स लाइफ इन्सुरेन्सले झुक्याएको आरोप

मातृभूमी संवादाता । ६ भाद्र दैलेख
दैलेखमा रहेको एक विमा कम्पनीले झुक्याएको आरोप लागेको छ । रिलायन्स लाइफ इन्सुरेन्स विमा कम्पनीले एजेन्टलाइ विभिन्न झुटा आश्वासन दिएको भन्दै ठगि गरेको आरोप लागेको हो । सो कम्पनीको दैलेख शाखाले संकलित प्रिमियमको आधारमा उपलव्ध गराउने स्किममा झुक्याएको एजेन्टले आरोप लगाएका छन् ।
दैलेख वजारमा मोवाईल पसल संचालन गर्दै आएकी एजेन्ट शर्मिला थापाले सो विमा कम्पनीले पहिला आश्वासन दिएर अहिले झुक्याएको वताईन् । उनले विमा कम्पनीले प्रिमियमको आधारमा उपलव्ध गराउने स्किमको पैसा आफैले वुझाउनुपर्ने भएपछि अचम्ममा परेको वताईन् ।
३ लाख विमाको प्रिमियम संकलन गरेवापत कम्पनीले १ सय ५० सिसिको मोटरसाईकल उपलव्ध गराएको तर अहिले आफैले मोटरसाईकलको किस्ता तिर्नुपर्ने भएपछि विमा कम्पनीले झुक्याएको एजेन्ट थापाले गुनासो गरीन् । रिलायन्स लाइफ इन्सुरेन्स दैलेख शाखाका प्रमुख नरेन्द्र केसीले विमा कम्पनीले ३ लाख प्रिमियम संकलन गरेवापत मोटरसाईकलसंगै दुवई भ्रमण पठाउने आश्वासन दिएको उनले वताइन् । स्किमवापत पाएको मोटरसाईकलको किस्ता तिर्नुपर्ने नत्र मोटरसाईकल फिर्ता गर्नुपर्ने भन्दै वजाज कम्पनीको सोरुमले ताकेता गरेको उनको भनाई रहेको छ । ‘मोटरसाइकल पाउने आशले दिनरात लागेर ३ लाखको प्रिमियम वुझाएँ’ उनले भनिन् ‘अहिले कम्पनीले विभिन्न वहाना वनाएर मोटरसाइकालको पैसा आफै तिर्नु पर्छ भन्दै आएको छ म कम्पनीवाट ठगिएँ ।’
हामीसंगको कुराकानीमा दैलेखमा लाइफ इन्सुरेन्स विमा कम्पनीमा लामाे समय देखी काम गर्दै आएका एक विमा कम्पनीका प्रमुखले भने त्यस्तो कुनैपनि विमा कम्पनीले त्यसरी गलत तरिकाले आश्वासन दिनु भनेकाे समग्र विमा कम्पनीमाथि नै असर पर्ने वताए । उनले प्रिमियम वापत विमितलाई प्राप्त हुने वोनस र प्रिमियमको रकमवाट स्किममा जोडेर विमितलाई स्किम उपलब्ध गराउनु पर्ने साथै प्रत्येक वर्ष प्रिमियमवाट पाउने प्रतिशत स्किममा जोडिने भएकाले विमितलाई स्किमको कुनै झनझट नहुने वताए । सवै विमा कम्पनीको प्रक्रिया नेपाल सरकारले तोकेअनुसार एउटै खाले हुने उनको भनाई छ ।
उता रिलायन्स लाइफ इन्सुरेन्स दैलेख शाखाका प्रमुख नरेन्द्र केसीले आफुले कुनै आश्वासन नदिएको र कम्पनीको नियम अनुसार ३ लाखको प्रिमियम दिए वापत १ लाख १० हजार ऋण पाउने व्यवस्था रहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *