चामुण्डामा नगर वस संचालन गरिने

मातृभूमी संवादाता । १२ भाद्र दैलेख
यहाँको चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगर बस संचालन गर्ने भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई सहज बनाउने उद्देश्यका साथ नगर बस संचालन गर्ने भएको हो । नगर बस आउने भएपछि स्थानीयहरु खुसी भएका छन् । नगर बस संचालनमा आएपछि दैनिक आवत–जावत सहजता हुने स्थानीयहरुको अपेक्षा छ ।
यस चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले पालेतडा देखि तीजडासम्म नगर वस संचालन गरिने वताए । पालेतडा तथा पाल्त क्षेत्रका सर्वसाधारण एवं व्यापार व्यावसायीहरुलाई यातायात सेवामा सहजताको लागी अबको केही समयमा नगर वस सेवा संचालन गरिने शाहीले जानकारी दिए । वर्षायाम सकिएको लगत्तै पालेतडा–तीजडाडाँमा नगर वस सेवा संचालनमा ल्याईने तयारीमा रहेको उनले बताए ।
नगरपालिकाका प्रायजसोः सबै वडाहरु सडक संजालसंग जोडिसकेको र गाउँमा तत्काल खोजेको समयमा गाडी नपाउने र सानै कामका लागि पनि गाडी रिर्जब गरेर नै जानुपर्ने भएकाले गरिब, असहाय र असक्तका लागि यो काम निकै गाह्रो भएको उजले बताए ।
उनले भने, ‘हामीले गाडी खरिद गरेर सस्तो, सुलभ टिकटमा सबै नगरबासीलाई सेवा प्रदान गर्ने छौँ ।, नगरबस संचालनमा आएपछि नगरबासीलाई आवत–जावत गर्न सहज हुने उनको भनाई छ ।
लामो तथा छोटो दुरीका जीपहरुले महिला, बालक, वृद्धवृद्धा, अपांगता तथा सर्वसाधारण व्यक्तिले सहज र सस्तो रुपमा सेवा नपाउने भएपछि नगरपालिकाले नगर बस संचालन गर्ने गरी आर्थिक वर्ष २०७६÷०७७ मा ३५ लाख बजेट विनियोजन गरेको चामुणडाविन्द्रासैनी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिए । उनका अनुसार बसको क्षमता करिव २१ सीट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!