महिलाको सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी : अध्यक्ष वुढा
मातृभूमी संवादाता । १४ भाद्र नौमूले (दैलेख)
महिला हिंसा निरुत्साहितसंगै महिलालाई समान अधिकार अवसर प्रदान गर्न परम्परागत सोच, संस्कार र व्यवहारलाई त्यागेर महिलाको सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी रहेको नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताएका छन् । हरितालिका तिजको अवसरमा गाउँपालिका द्धारा आयोजित तिज विशेष कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष वुढाले घर परिवार समाजमा रहेको विद्यमान सोचलाई वदली महिलाको सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी रहेको वताएका हुन् ।
समाज परिवर्तनसंगै महिला हिंसाका घटन कम भएपनि अझ महिलामाथि हेरीने दृष्टिकोण बदल्न जरुरी रहेको अध्यक्ष वुढाको भनाई रहेको थियो । महिलालाई मात्रै चुलो–चौको, भात–भान्सामा मात्र खटाइरहने अवस्थाको अन्त्य भएको वताउँदै अध्यक्ष वुढाले महिलालाई कमजोर नठान्न सवैमा अनुरोध समेत गरे । घरदेखि समाज र हरेक गतिविधिमा महिलाका अधिकारलाई रक्षा गर्न अवाश्यक रहेको अध्यक्ष वुढाको भनाई छ ।
कार्यक्रमको अध्यक्ष तथा नौमूले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंहले महिलाहरुको महान पर्व हरितालिकाको अवसरमा गरिएको यस कार्यक्रमले महिलाईलाई थप हौसला मिलेको वताइन् । उनले महिलाहरुको संस्कृतिलाई जर्गेना तथा सम्मान गर्दै नौमूले गाउँपालिकाले यस कार्यक्रमको आयोजना गरेको वताइन् । महिलालाई अगाडि बढ्ने प्रगति गर्ने बाटाहरु बनाइ भात–भान्सा र घर–गृहस्थीमा मात्रै सीमित नराख्न उपाध्यक्ष सिंहले आग्रह गरिन् । महिलाको क्षमता र प्रतिभाको सम्मान गर्दै अगाडि बढ्ने अवसर दिन आजको आवश्यक रहेको उपाध्यक्ष सिंहको भनाई थियो । घर–व्यवहार सम्हाल्ने समान जिम्मेवारी पुरुषको पनि दायित्व हो भन्ने मान्यतालाई व्यवहारतः स्थापित गर्नुपर्ने उपाध्यक्ष सिंहको तर्क छ । कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य सुमित्रा सलामीले गरेकी थिइन् ।
प्रतियोगितामा तल्लो नाउली आमा समुह सल्लेरी प्रथम
महिलाहरुको महान पर्वको अवसरमा महिलाहरुको कला संस्कृतिको सम्मान गर्दै नौमूलेमा तीज गीत प्रतियोगिता गरीएको थियो । प्रतियोगितामा तल्लो नाउली आमा समुह सल्लेरी प्रथम स्थान, हिमचुली आमा समुह पैती दोस्रो स्थान, सल्लेरी आमा समुह द्धारी तेस्रो स्थान र श्रजनशिल आमा समुह वालुवाटार चौथो भएका थिए । साथै सिरेनी आमा समुह, गोगनपानी आमा समुह, श्रजनशिल आमा समुह पैती र पिपलडाँडा आमा समुह पैती सान्त्वना भएका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्धितिय हुनेलाई रु १५ हजार, तृतिय हुनेलाई रु १० हजार, चौथो ५ हजार र सान्त्वना सवैलाई २ हजार रुपैया पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरिएको नौमूले गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत भुपेन्द्र शाहिले वताए । प्रतियोगिताको मूल्यांकन दिपकराज शर्मा, तारा शाही र दलबहादुर पुनले गरेका थिए ।