मानव वेच विखन विरुद्धको अभियान, नौमूले प्रहरीले विभिन्न कार्यक्रम गर्दै

मातृभूमी संवादाता । १५ भाद्र दैलेख
इलाका प्रहरी कार्यालय नौमूलेले मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवस विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाउन लागेको छ । दिवसको पहिलो दिन इलाका प्रहरी कार्यालय नौमूलेले नौमूले वजारका विभिन्न स्थान तथा तिज विशेष कार्यक्रमा मानव बेचबिखन सम्वन्धि जनचेतना मूलक कार्यक्रम गरेको थियो । अभियानको दोस्रो दिन नौमूले वजारमा जनचेतना मूलका कार्यक्र गरिएको इलाका प्रहरी कार्यालय नौमूलेका प्रमुख कर्णबहादु चन्दले वताए । १४ गते देखि शुरु भएको यो दिवस विभिन्न कार्यक्रम गरि यहि २० गतेसम्म मनाइने जनाइएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालमा सो दिवस मनाउन थालिएको हो । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ ।
मानव बेचविखन तथा ओसारपसार एक बहुआयामिक, बहुक्षेत्रगत एवं विश्वव्यापी समस्या हो । यसलाई जघन्य अपराधको रुपमा लिईन्छ र नेपाल पनि यस समस्याबाट अछुतो छैन । कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरित जवरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचविखन भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *