भुपु सैनिक संघ दैलेखको सभापतिमा फेरी पनि मल्ल
मातृभूमी संवादाता । १६ भाद्र दैलेख
नेपाल भुतपुर्व सैनिक संघ जिल्ला कार्य समिति दैलेखको सभापतिमा फेरी पनि डिलवहादुर मल्ल सर्वसम्मत चयन भएका छन् । दैलेख सदरमुकाममा आईतवार सम्पन्न जिल्ला सम्मेलनले मल्लको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।
जिल्ला कार्य समितको उपसभापतिमा जयवहादुर कटुवाल, सचिवमा कुलवहादुर राना, सहसचिवमा भद्र वयलकोटी र कोषाध्यक्षमा लालवहादुर रोका साथै क्षेत्रीय सदस्यहरुमा चन्द्रवहादुर शाही र लिलाराम महतरा सर्वसम्मत चयन भएका हुन् ।
नयाँ कार्य समितिले आईतवार नै पदभार ग्रहण गरेका छन् । अध्यक्षमा चयन भएपछि सभापति मल्लले यो कार्यकाल पनि सफलतापुर्वक सम्पन्न गर्ने वताएका थिए ।