मानव वेचविखन तथा ओसार-पसार रोक्न सचेतना जरुरी : प्रदेशसभा सदस्य थापा

मातृभूमी संवादाता । २० भाद्र दैलेख
मानव बेचविखन तथा ओसार–पसार विरुद्धको १३ औं राष्ट्रिय दिवस दैलेखमा साताव्यापी रुपमा चेतनामुलक कार्यक्रम गरी मनाईएको छ । साताव्यापी कार्यक्रम अन्तरर्गत जिल्ला प्रहरी कार्यालय दैलेखले नारायण नगरपालिकाका विभिन्न विद्यालय तथा समुदायमा मानव बेचविखन बिरुद्धको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।
दिवसका अबसरमा शुक्रवार सदरमुकाम दैलेख बजारमा ¥याली सहितको कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय, नारायण नगरपालिका, जिल्ला समन्वय समिति, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, सुन्दर नेपाल संस्थाको समन्वयमा मानव बेचविखन तथा ओसार–पसार विरुद्धको मुल समारोह समितिको आयोजनामा ¥याली सहितको कार्यक्रम गरिएको हो ।
¥याली पश्चात मुल समारोह समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले मानव बेचविखन तथा ओसार–पसार रोक्न गाउँ–गाउँमा चेतना जगाउन जरुरी रहेको बताए । बेचविखन तथा ओसार–पसार रोक्न गम्भीरताका साथ लाग्नुपर्ने बताउँदै प्रदेशसभा सदस्य थापाले मानव बेचविखन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । यसको नियन्त्रणका लागि गम्भीर भएर लाग्ने बेला आएको देशसभा सदस्य थापाको भनाई छ ।
यस्तै नारायण नगरपालिकाका दैलेखका मेयर रत्न बहादुर खड्काले मानव बेचविखन तथा ओसार–पसार विश्वमा नै बढ्दै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताए ।
दैलेखको देवकोटा चोकमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मानव बेचविखन तथा ओसार–पसार लगाएतका जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको दावी गरे ।
कार्यक्रमका अन्य सहभागि वक्ताहरुले गरिवी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढ्दै गएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यक्ता रहेको वताएका थिए ।
उनीहरु दुबैमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौहत्या प्रकरणमा यसअघि सातजना पक्राउ परिसकेका छन् । गाई लोड गरिएका पाँचवटा ट्रक र तिनका चालक र सहचालक गरी सातजनालाई यसअघि नै पक्राउ गरिएको थियो ।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको देखिएकाले प्रहरी निरीक्षक बोगटी र ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई नेपालगञ्जबाट नियन्त्रणमा लिइएको एसपी रजौरेले बताए ।
उनले भने, ‘हालसम्म नौजना पक्राउ परेका छन्, घटनाको मसिनो गरी अनुसन्धान गरिरहेका छौँ । दोषी उम्कन पाउँदैनन् ।’ गाई ढुवानीमा प्रयोग भएका अरु तीनवटा ट्रकको खोजी भइरहेको प्रहरीको भनाइ छ । यस्तै गौहत्याको घटनामा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले दैलेख र सुर्खेतमा पनि स्थलगत अध्ययन गरेको छ ।
छानबिन टोलीले सुर्खेतमा भीरबाट गाई खसालिएको स्थान र दैलेखमा जिल्ला समन्वय समिति, नारायण नगरपालिका र अन्य सरोकारवालासँग पनि छलफल गरेको हो । यो घटनाको छानबिनका लागि मात्र तीन वटा समिति गठन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय र यो घटनामा मुछिएको नेपालगञ्ज उपमहानगरपालिकाले पनि छुट्टाछुट्टै छानबिन समिति गठन गरेका हुन् । यी समितिहरुले पनि काम गरिरहेका छन् ।
यसअघि नेपालगञ्ज उपमहानगरले रातारात दैलेख लैजान लागिएका गाई सुर्खेतमा अलपत्र छाडिएपछि दैलेखका स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले आफूहरुले गाई नमगाएको बताइसकेका छन् ।
तर जिल्ला समन्वय समितिले रातारात नक्कली पत्र तयार पारेर गाई आफूले मगाएको दाबी गरेपछि घटना थप रहस्यमय बन्दैगएको छ । यस विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । सुर्खेतमा अलपत्र छाडिएका करिब दुई सय गाई नेपालगञ्ज नै फिर्ता गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *