के हो पत्रकारिता ?
प्रेमबहादुर सुनार
पत्रकारिता भनेको घटनाहरुको अनुसन्धान, विवरणलाई विभिन्न शैलीबाट गरिने संकलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतिकरण हो । जसमा कहाँ, के, कहिले, कसरी, किन, कसको लागि र परिणाम जस्ता कुराहरु (पाँच डब्ल्यू र वन एच) लाई समेटेर घटना विवरण तयार पार्ने गरिन्छ । यो जानकारीमूलक, शिक्षामूलक, चेतनामूलक, निश्चित समूहप्रति लक्षित, समयसापेक्ष र समाचार संरचना तथा अङ्गले भरिपूर्ण एवं अर्थपूर्ण हुन्छ । पत्रकारिताको विधा अत्यन्तै व्यापक भइरहेको आजको सन्दर्भमा सञ्चारको प्रभावकारिता र सम्बादको प्राचुर्यले दुईवटा परिस्थिति खडा गरेको छ । जसले एकातिर सामाजिक र राजनीतिक निर्णय प्रक्रियामा दूरगामी प्रभाव पार्ने गरेको छ । भने अर्को्तिर यस्तो परिस्थितिले आज प्रत्येक व्यक्ति राष्ट्रिय र अन्तराष्ट्रिय संस्कृतिमा रुमल्लिन आज पत्रकारिताको व्यवसायसमक्ष धेरै नयाँ चुनौतीहरु देखापर्न थालेका छन् । साथै पाठक, दर्शक र स्रोतालाई एक विश्वव्यापी गाउ‘को बासिन्दा बनाइदिएको छ यस्ता चुनौतीहरुको सामना गर्दै आफूलाई कसरी सान्दर्भिक र प्रभावशाली बनाइ राख्ने, नयाँ परिस्थितिमा आफ्नो भूमिकाको कसरी पहिचान गर्ने जस्ता गम्भीर प्रश्नहरुप्रति निरन्तर जागरुक भइराखेमा मात्र यस पेशा वा व्यवसायले आफ्नो सामाजिक जिम्मेवारी पूरा गरिहन सक्छ ।
नेपाली पत्रकारिताको सवालमा यस दिशातिर अहिलेसम्म भइरहेका प्रयासहरु पर्याप्त छन् भन्न सक्ने अवस्था छैन । बौद्धिक व्यवसायको चारित्रिक विशेषता र सामाजिक जिम्मेवारीका बावजुद हाम्रो सन्दर्भमा यस प्रकारका आधारभूत चिन्तनहरु कमै हुने गरेका छन् । यसको प्रत्यक्ष असर पत्रकारिताको दिगो गुणात्मक विकासमा अवरोधको रुपमा देखापर्ने गर्दछ । पत्रकारिता यस्तो गहन विषय हो जसको जिम्मेवारी पनि अत्यन्त गहन हुन्छ । जोसेफ शुम्पेटरको भनाइअनुसार त यही मात्र एक यस्तो पेशा हो । जसलाई शुद्धरुपमा बुद्धिजीवी भन्न सकिन्छ । विश्वविद्यालयहरुको उपाधि लिएका, अन्य विशिष्ट विधामा ज्ञान हासिल गरेका विश्लेषक पनि बुद्धिजीवीभित्र पर्दछन् । तथापि यिनीहरु निश्चित क्षेत्रमा मात्र सीमित रहन्छन् ।
जब कि पत्रकारितालाई एक सार्वजनिक सरोकारका सबैजसो विषयमा जानकारी राख्ने व्यक्तिको नाताले विशिष्ट विधाहरुको परिधि नाघेर शुद्ध वैचारिकतामा आधारित हुनु पत्रकारिता तथा पत्रकारको धर्म र आवश्यकता हो ।
तीन हजार वर्षअघि उपनिषद्कालमै ‘असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृत गमयः’ भनेर यात्रामा निस्केको मानिस अहिले पनि त्यही सत्य, ज्योति र अमरत्वको खोजीमा हि‘डिरहेको छ । पत्रकारिताको यात्रा पनि यही यात्रा हो । जहा‘ क्षितिजहरु पार गरिन्छन् । तर फेरि नयाँ क्षितिजहरु उघारिन्छन् । पत्रकारिताको यात्रामा यात्राबाहेक अरु केही उपलब्धि भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । यसको मूल्यांकनको प्रतिफलस्वरुप आज हामी यो अवस्थामा छौं । त्यसैले त पत्रकारिता अरु पेशाभन्दा भिन्न चरित्रको छ । पत्रकारिता मानवीय भावना, सामाजिक अन्तर्आत्मा र सामाजिक ब्रह्मप्रति जागरुक हुनुपर्दछ जसले वस्तुपरकता र विमतिजस्ता महत्वपूर्ण पक्षहरुलाई अबलम्बन गर्दछ । जसमा संलग्न रहेर पनि असंलग्न हुनु, विमतिमा पनि शत्रुवत् नहुनु जस्ता आचरण रहेका हुन्छन् ।
नेपाली पत्रकारितामा समाचार लेखन शैली, समाचारको स्रोत, समाचारको कोण, समाचारका अङ्ग, समाचारको मूल्य, सान्दर्भिकता, सम्पादन क्षमता, समाचारको सन्तुलन, विश्वसनीयता, स्पष्टता, शब्दको मितव्ययिता, अर्थपूर्णता, समाचार शीर्षक, क्याप्सन, शैली पुस्तक, अन्तर्वार्ता रणनीति, कार्यप्रणाली, पत्रकारिताको भूमिका एवं लेखनको शुरुवातजस्ता विषयहरुमा प्रभावकारिता ल्याउन सकिएको छैन ।
नेपालको पत्रकारिताको सन्दर्भमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले ल्याएको हाते प्रेसलाई पहिलो प्रेसको रुपमा व्याख्या गरिए पनि त्यसभन्दा अगाडि पनि केही प्रयासहरु भएका थिए । १९१९ साल भन्दा अघिको मनोरञ्जन प्रेस, १९२८ को नारायणहिटी छापाखाना १९४९ को बसन्तपुर जङ्गी लिथो प्रेस, १९५० को पशुपत प्रेस, १९५५ सुधासागर तथा १९५८ मा गोरखापत्रको प्रकाशनस‘गै नेपालमा पत्रकारिताको विकास हुन थालेको हो । सूचना प्रविधि नीति २०६७, नेपालको अन्तरिम संविधान २०६३, श्रमजीवी पत्रकार ऐन २०५१, नियमावली २०५३, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८, नियमावली २०४९, पे्रस काउन्सिल ऐन २०४८, नियमावली २०४९, राष्ट्रिय प्रसारण ऐन २०४९, नियमावली २०५२, सूचनाको हकसम्बन्धी ऐन २०६४, नियमावली २०६५, मुद्रणसम्बन्धी नियमहरु २०५५, रेडियो ऐन २०१९, रेडियो सञ्चार (लाइसेन्स) नियमावली २०४९ र सञ्चारसम्बन्धी केही नेपाल (संशोधन गर्ने ऐन) ऐन २०५५ जस्ता कानुनी व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन ।
प्रेसको स्वतन्त्रता नागरिकको अरु स्वतन्त्रतास‘गै गा‘सिएको हुन्छ तथा हरेक देशको कानून वा संविधानमा यो समेटिएको हुन्छ । यो नेपाल सरकारको चौथो तर प्रभावशाली अंग हो । यथास्थितिवादीहरुले प्रेसलाई एक खतरनाक अस्त्र ठान्छन् र सकेसम्म आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । तर पत्रकारिता निडर, निर्भिक र सधैं स्वतन्त्र हुनु जरुरी छ । सामान्य किसिमका र सधैजसो भइरहने घटना तथा कार्यहरु समाचारयोग्य हुदैनन् र कतै कसैले केही कुरा लुकाउन थाल्यो भने त्यो सूचना समाचार हो बा‘की कुरा विज्ञापन मात्र हुन् भन्ने कुरा पत्रकारले बझारउनु पर्छ । समाचारको अनुगमन अर्थात् फ्लोअप पत्रकारिताको प्रमुखताको विषय बन्नुपर्दछ ।
विश्वविद्यालयको शिक्षा सकिनासाथ समाचार कक्षमा खरो उत्रनेसक्ने जनशक्तिको माग हाम्रा सञ्चार माध्यमहरूले गर्ने भएकाले विश्वविद्यालयले पनि त्यस्तो आवश्यकतालाई परिपूर्ति गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ । भाषा अभिव्यक्तिको माध्यम हो । पत्रकारमा भाषा खेलाउने क्षमता चाहिन्छ । जसका लागि विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चारका अतिरिक्त भाषा विषय अङ्ग्रेजी वा नेपाली एउटा अनिवार्य लिने व्यवस्था गर्न सकिन्छ ।
स्नातक तहमा पत्रकारिता पढ्न चाहनेलाई प्रवेश परीक्षा अनिवार्य गर्नुपर्छ । स्नातकोत्तर तहमा प्रवेश परीक्षाका साथै अनुभवीलाई मात्र विशेषज्ञ बन्न व्यवस्था गर्नुपर्छ । यदि पत्रकार, सञ्चारकर्मीमा कम्तीमा एउटा राष्ट्र भाषा, अर्को अन्तराष्ट्रिय भाषा र स्थानीय भाषाको ज्ञान भएमा उत्तम हुन्छ । नेपालका विश्वविद्यालयहरूमा अहिलेसम्म सञ्चारका प्रायः सबै विधाहरूमा सामान्य ज्ञान दिने हिसाबको पाठ्यक्रम छ । विशेषज्ञ बनाउने क्षेत्र निर्धारण गरिएको छैन । स्नातकोत्तर तहमा सञ्चारका विविध विषयमा जस्तै प्रसारण पत्रकारितामा स्नातकोत्तर, विकास सञ्चार, प्रेस कानुन, विज्ञापन, जनसम्पर्क, फोटोग्राफी, अनलाइन पत्रकारिता, छापा पत्रकारिता आदिमा विज्ञ बनाउने पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापनको सुरु गर्न सकिन्छ । अहिले स्कुल, उच्च माध्यमिक तह, स्नातक तह, स्नातकोत्तर तहका पाठ्यक्रमबीच समन्वय र सन्तुलनको अभाव छ यसतर्फ पाठ्यक्रम निर्माताहरूको ध्यान जान जरुरी छ ।
लेखकस् मध्य पश्चिम विश्ब विद्यालय सुर्खेतमा आमसञ्चार तथा पत्रकारिता बिषयमा स्नातकमा अध्ययनरत बिधार्थी हुन् ।