चट्टयाङ्गले पाँच चौपाय मरे

मातृभूमी संवादाता । २८ भाद्र, दैलेख
भगवतीमाई गाउँपालिका–७ खगेनाको मेहेल्चाक्टी भन्ने ठाउँमा आज चट्टयाङ्ग पर्दा ५ चौपायाको मरेका छन् । इन्द्रजीत बिकको ३ वटा गाई र २ वटा गोरु मरेको स्थानीय छबिलाल थापाले जानकारी दिए ।
चट्टयाङ्गले इन्द्रजीतका १६ वर्षीय छोरा दिलीप बिक घाइते भएको र उनलाई उपचारका लागि सदरमुकाम तर्फ ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्राप्त जानकारी अनुसार वनमा गाई चराएर बारीमा बाँध्ने तयारी गर्दैगर्दा चट्टयाङ्ग परेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *