चामुण्डाविन्द्रासैनीमा स्वास्थ्य विमा
मातृभूमी संवादाता । २८ भाद्र दैलेख
यहाँको चामुण्डाविन्द्रासैनी नगरपालिकामा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य वीमा) कार्यक्रम लागु भएको छ । नेपालको संविधान २०७२ को धारा ५१ (ज) को राज्यको नीति अन्र्तगत नागरिकलाई स्वास्थ्य उपचारमा पहँुच पु¥याउने उद्देश्यका साथ चामुण्डाविन्द्रासैनी स्वास्थ्यमा बीमा कार्यक्रम लागु गरिएको हो ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका उप–प्रमुख ताराकुमारी शाहीले जनताको प्रत्यक्ष जीवनको स्वास्थ्यसंग जोडिएको स्वास्थ्य बीमालाई नगरपालिकामा प्रभाकारी बनाउने प्रतिवद्धता जनाएकी छन् । स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौँले चामुण्डाविन्द्रासैनीमा आयोजना गरेको जनप्रतिनिधि र सरोकारवालाहरु बीच एक दिने अन्र्तक्रिया कार्यक्रममा अन्य विमाको तुलनामा स्वास्थ्य विमा महत्व छ, उन्दै उप–प्रमुख शाहीले नगरवासी कसैलाईपनि नछुटाउन आग्रह गरिन् ।
उप–प्रमुख शाहीले भनिन् ‘एक रातमा ४÷५ हजार भन्दा बढी खर्च गछौँ, ‘अब ३ हजार ५ सय तिरेर परिवार आफ्नो स्वास्थ्य सुरक्षा गनुहोस् ।’ साथै सबैभन्दा पहिला स्वास्थ्य विमा गर्ने वडालाई नगरपालिकाले पुरस्कृत गर्ने पनि उनले वताईन् ।
स्वास्थ्य बीमा बोर्डका सहजकर्ता कपिलदेव अर्यालले स्वास्थ्य विमा गरेपछि पैसा बोकेर अस्पताल जानु नपर्ने बताए । उनले भने, ‘अब विरामी हुदाँ पैसा होइन, कार्ड बोकेर अस्पताल जानुहोस् ।’ साथै विरामीले कागज समेत बोक्नु नपर्ने उनले बताए । उनले भने, ‘स्वास्थ्य विमा अन्य विमा जस्तो होइन, ‘अन्य परिवारका सदस्य फाइदा लिन्छन्, स्वास्थ्य बिमा गर्दा परिवार सबै सदस्यहरुले उपचार गर्न पाउँछन् ।’
साथै स्वास्थ्य बिमा सामुहिक रुपमा र सबै उमेर समुहले बीमा गर्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । तर जीवन विमा व्यक्तिगत र निश्चित उमेर समुहका व्यक्तिहरुले मात्र गर्ने व्यवस्था रहेको उनको भनाई छ । वार्षिक ५५ प्रतिशत पैसा स्वास्थ्य उपचारमै खर्च गर्नुपर्ने भएकाले खर्चलाई घटाउनका लागि विमा कार्यक्रम लागु गरिएको उनले जानकारी दिए ।
यसैबीच चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर स्वास्थ्य इकाई प्रमुख दीपबहादुर खड्काले विमा कार्यक्रम प्रभाकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
के हो स्वास्थ्य बिमा ?
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारले एक वर्षमा १ लाख रुपैयाँ सम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन् । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा पाँच जनाको परिवारलाई एक समूहको आधारमा तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने नियम रहेको छ । सो रकम तिरेवापत सरकारी स्वास्थ्य संस्थाबाट एक वर्षभरी १ लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार पाउने व्यवस्था मिलाइएको छ । साथै परिवार संख्या पाँच जना भन्दा बढी छ भने ४ हजार २ सय रुपियाँ तिर्नुपर्ने छ । प्रत्येक वर्ष स्वास्थ्य बीमा नविकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कुन कुन रोगमा निःशुल्क उपचार सेवा ?
स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरंग सेवा, प्रयोगशाला, एक्सरे, ईलेक्ट्रो कार्डियोग्राफी, डे«सिङ, घाउ चिरफार, साधारण चिरफार, टाँका लगाउने, अल्ट्रासाउण्ड, ईन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन् स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सिमासम्म निःशुल्क उपचार हुन्छ ।
त्यस्तै, मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसुती, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधी, प्रेषण, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मृगौला, स्पाईनल तथा हाड ईन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाईमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुन्छ ।
निःशुल्क उपचार नहुने सेवाहरू
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भए पनि धुम्रपान, मध्यपान वा लागू पदार्थ सेवनका कारण भएको दुर्घटना, गर्भपतन सेवा, व्यक्तिगत झै–झगडाका कारण भएको चोट पटक, कुत्रिम गर्भधान सेवा, लिङ्ग परिवर्तन सम्बन्धि सेवा, पाँँच सय रुपैयाँ भन्दा बढि मूल्यका चश्मा, सुन्ने यन्त्र र कस्मेटिक सर्जरी सेवा उपलब्ध नहुने जनाइएको छ ।