जाजरकोट अस्पतालमा बेवारिसे शिशु

मातृभूमी संवादाता । २८ भाद्र जाजरकाेट
जंगलमा बेवारिसे अवस्थामा फालिएको एक शिशुको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । भेरी नगरपालिका १३ कुदुको दानीमारे जंगल हेरालुको रुपमा कार्यरत स्थानीय लालसरी विकले सोमबार जंगलमा बेवारिसे अवस्थामा फालिएको शिशु फेला परेकी थिईन् ।
भर्खर जन्मिएको बच्चालाई प्लाष्टिकले बेरेर जंगलमा फालिएको देखेपछि उनले प्रहरी चौकी कुदुमा खबर गरेकी थिईन् । प्रहरीले बच्चालाई तत्काल जीवितै उद्धार गरेर जाजरकोट अस्पताल ल्याएको थियो । बेवारिसे अवस्थामा भेटिएको शिशु छोरा रहेको छ । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
बच्चा कस्को हो र किन जंगलमा फालियो भन्ने पत्ता लाग्न नसकेकाले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबहादुर खत्रीले बताए । उनले भने –‘अनुसन्धानबाट सत्य तथ्य छिटै पत्ता लगाउँछौ ।’ अवैध रुपमा गर्भ रहेको बच्चा फालिएको हुन सक्ने प्रहरीको आशंका छ ।
बच्चा धर्म सन्तानको रुपमा आफूले पाल्न पाउँ भनि जिल्ला प्रशासन कार्यालयमा कृष्ण भट्टराईले निवेदन दिएका छन् । बेवारिसे अवस्थामा रहेका बच्चा हस्तान्तरण गर्ने अधिकार स्थानीय तहलाई भएकोले सक्कलै निवेदन भेरी नगरपालिकामा पठाइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । नवजात शिशुलाई बेवारिसे अवस्थामा फाल्ने व्यक्तिको पहिचान गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *