संघको प्रदेश संयोजकमा खत्री

मातृभूमी संवादाता । १ असोज सुर्खेत
अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भेलाले कविराज खत्रीको संयोजकत्वमा कर्णाली प्रदेश स्तरीय पाँच सदस्य भेला आयोजक समिति चयन गरेको छ । भेला आयोजक समितिमा नविन भट्टराई, ज्ञानबहादुर नेपाली, किरण शाही, विष्णु शर्मा सदस्य चयन भएका छन् ।
सम्पन्न भेलाका प्रमूख अतिथि अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डिराज शर्माले, यो नेपालका उद्यमी, ब्यवशायीहरुको संगठन भएकाले क्रान्तिकारी र राष्ट्रिय अर्थतन्त्रको विकास गरी एकाधिकार र दलाल पूँजीपति वर्गलाई विस्तापित गर्न जोड दिनु पर्दछ । त्यसका लागि क्रान्तिकारी राजनीतिक विचार सहित नेपालका उद्यमी, ब्यवशायीहरु एक हुनु पर्ने वताए ।
यसै गरी उक्त भेलामा संघका केन्द्रीय सदस्य ढाकाराम पौडेल, भीम पौडेल, तुलसीराम सापकोटा, रत्नविक्रम प्यासीको समेत उपस्थिती रहेको थियो ।
सोही दिन कविराज खत्रीको अध्यक्षता बसको बैठले यहि असोज ४ गते संघको वैठक वसि वृहत्त रुपमा प्रदेश स्तरीय भेला सम्पन्न गर्ने, कार्यालय उद्घाटन गर्ने र आगामी कार्ययोजना बनाउने निर्णय गरेको जनाईएको छ । अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ विधिवत रुपमा काठमाण्डौमा दर्ता भई उद्यमी व्यवसायीको हकहितका लागि वकालत गर्न नेपालभर कार्य क्षेत्र रहेको संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *