अदालत भित्रै ससुरा माथि कुटपिट !

मातृभूमी संवादाता । १ असोज दैलेख
नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका ७५ वर्षीय पदमसिंह तिरुवा माथि उनकी बुहारी ३० वर्षीया नन्दा सुनारले मंगलवार कुटपिट गरेकी छिन् । सामान्य विवादमा उनले कुटपिट गरेको प्रत्यक्षदर्शी नौमूले गाउँपालिका–२ की सुनिता खत्रीले बताइन् ।
आफ्ना पति लालबहादुर तिरुवाले दिएको सम्वन्ध बिच्छेद मुद्दाको वारिसे तारिक बुझ्न आएका ससुरालाई आफ्ना दम्पतिको सम्वन्ध हुन नदिन कारक भएको भन्दै मुक्काले अनुहार र छातिमा हानेको कारण भूईंमा लडिसकेपछि पेट र गुप्ताङ्गमा लात्तीले ठोकेकी अदालतका कर्मचारी र सेवाग्राहीहरुले बताइएका छन् ।
अदालतको मुद्दा शाखामा कर्मचारीहरु आफ्नै तनमा काम गरिरहेको बेला टेबुल नजिकै उभिएका ससुरा पदमसिंहलाई नन्दाले लगातार कुट्दै गरेपछि अदालत सुरक्षामा खटिएका प्रहरी, अदालतमा आएका अरु सेवाग्राही र अदालतका कर्मचारीले छुट्टयाएका थिए ।
उनको कुटपिटबाट देब्रे आँखामा सुनाएको, दाहिने हातको हत्केला चलाउन गाह्रो भएको, छाति र गुप्ताङ्गमा पनि दुखाई भएको घाइते पदमसिंहको भनाई छ । कुटपिट घटना लगतै अदालतबाट बाहिरिएकी र उनका दुइटै मोवाइल नम्वरमा सम्पर्क हुन नसकेको कारण घटना बारे उनको प्रतिक्रिया समेट्न सकिएन ।
२०७४ जेठमा नन्दाले दिएको सम्वन्ध बिच्छेद मुद्दामा १२ लाख लिई छुट्ने भनी बाँकी फैसलापछि पाउने सर्तमा असोज २४ गते नगद ९ लाख रुपैंयाँ लिएर नन्दाले तारिक गुजारेर मुद्दा खारेज गराएपछि २०७५ असोज ७ गते उनका पति लालबहादुर तिरुवाले नन्दासंग सम्वन्ध बिच्छेदको मुद्दा पेश गरेका थिए ।
२०६४ पुस १२ गते विवाह गरेका लालबहादुर तिरुवा र नन्दाबाट २०६८ असार १२ गते छोरी जन्मेकी छिन् । छोरीलाई साथ लिई नन्दा अहिले बाँकेको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै व्यापार गरेर बस्तै आएकी छिन् ।
नेपाली सेनाको श्रीमेयर गणको सिपाही पदमा सम्शेरगञ्जमा कार्यरत आफ्ना पति लालबहादुर तिरुवा बिरुद्ध नन्दाले दैलेख जिल्ला अदालतमा आफू र छोरीलाई पालन पोषण निम्ति दिएको मानाचामल मुद्दा पनि अदालतमा बिचाराधीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *