दैलेख र अछामका विपन्न महिलालाई बाख्रा
दैलेख र अछामका विपन्न, एकल महिला, अपाङ्गता भएका तथा विपन्न दलित महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । महिलाहरुको जिविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले आर्थिक पहँुचमा वलियो वनाउन त्यहाँका महिलाहरुलाई बाख्रा वितरण गरिएको हो ।
चुलो र चौकामा मात्र सिमित त्यहाँका विपन्न महिलाहरुको आर्थिक उन्नतीका लागि बाख्रापान व्यवसाय सहज हुने भएकोले बाख्रा वितरण गरिएको साकार परियोजनाका संयोजक माधव भट्टराईले जानकारी दिए । महिलाहरु आफ्नो खर्चका लागि पनि पुरुषहरुको भर पर्ने अवस्था रहेकै वेला त्यहाँका महिलाको आर्थिक उन्नती तथा जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको संयोजक भट्टराइले वताए । ‘महिलाहरुलाई पुरुषले अझै पनि कमजोर ठान्ने र घर व्यवहार चाहिने खर्चमा हेप्ने भएकाले पनि महिलालाई आत्मनिर्भर बनाउँन बाख्रा वितरण गरेका हौं’ संयोजक भट्टराइले भने, ‘महिलालाई बाख्रा पालन व्यवसाय सहज र पैसा आवश्यक परे तत्काल विक्रि पनि हुने भएकाले विपन्न महिला लक्षित बाख्रा वितरण गरिएको हो ।’
त्यहाँका विपन्न महिलालाई सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखद्वारा सञ्चालित साकार परियोजनाले बाख्रा वितरण गरेपछि उनीहरू बाख्रापालन व्यवसाय गर्न थालेका छन् । परियोजना मार्फत बाख्रापालन व्यवसायमा अछाम र दैलेखको आठबीसका ८४ घरपरिवारका विपन्न महिलाहरूले प्रत्यक्ष लाभ लिएका छन् ।
आठबीस नगरपालिकाका ६ जना एचआइभी संक्रमित, अपाङ्गगता भएका दुई जना र १४ विपन्न दलित महिला गरि २२ जनालाई बाख्रा वितरण गरिएको संयोजक माधव भट्टराईले जानकारी दिए । उनका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिकाका ४ जना एचआइभी संक्रमित महिला, अपाङ्गगता भएका दुई, १६ जना दलित विपन्न महिला १६ र अन्य विपन्न समुदायका ३२ जना गरि ६२ जनालाई बाख्रा दिइएको हो । विभिन्न समुहमा आबद्ध भएका महिलाहरुलाई बाख्रा वितरण गरिएको उनको भनाई छ ।
उनिहरुलाई बाख्रा पालन तामिल प्रदान गरिएको छ भने बाख्राको विमा समेत गरिएको जनाइएको छ । जीविका गुजार्न मुस्किल परेका बेला बाख्रा उपहार कार्यक्रम गाउँमै पुगेपछि व्यावसायिक रूपमा बाख्रापालन गर्न आफूहरूमा उत्साह आएको बताउँछिन् रानीकोट बाख्रा पालन समुहकी चन्द्रदेवी कामी । ‘साकार’ ले हाम्रो सपना साकार पा¥यो,’ उनि भन्छिन् ‘हामी महिलाहरुलाई निकै ठुलो राहत पुगेको छ ।’ हामी जस्ता गरिब महिलाहरुका लागि बाख्रा पालन व्यवसाय वरदान साबित हुने आली बाख्रा पालन समुहकी अम्बी भुलले बताइन् ।