समाजसेवी विश्वकर्मालाई जनसेवा श्री (पञ्चम श्रेणी) मानपदवी
मातृभूमी संवादाता । ४ असोज दैलेख
दैलेखका समाजसेवी एवम व्यापारी कुलबहादुर विश्वकर्मा जनसेवा श्री (पञ्चम श्रेणी) मानपदवीबाट विभूषित भएका छन् । सरकारले संविधान दिवसको अवसर पारेर ६ सय ३४ जनालाई सम्मान गरेको थियो ।
गृह मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा सम्मान गरिएको हो । दैलेख उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष समेत रहेका विश्वकर्मालाई जनसेवा श्री (पञ्चम श्रेणी) मानपदवी प्रदान गरिएको हो ।
राष्ट्रपति विद्या भण्डारीबाट २०७६ असोज ३ गते संविधान दिवसको अबसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने सरकारले घोषणा गरेको थियो ।