सरकार आत्तिएर काँग्रेस गुहार्दैछ : नेता शाह
मातृभूमी संवादाता । ४ भाद्र दैलेख
नेपाली काँग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य राजिव विक्रम शाहले केहि तत्वहरुले गर्दा सरकार आत्तिएर नेपाली काँग्रेसलाई गुहार्न थालेको वताएका छन् । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियानका क्रमममा नौमूलेमा आयोजित कार्यक्रमममा वोल्दै नेता शाहले असम्वैधानिक तत्वहरुले टाउको उठाउन थालेको सरकारले चाल पाएसंगै काँग्रेससंग सरकारले हार गुहार माग्न थालेको वताएका हुन् ।
सरकारले आफु केहि समस्यामा पर्न थालेको भन्दै नेपाली काँग्रेससंग पनि छलफल गरी सहयोग गर्न संकेत गरेको नेता शाहको भनाई छ । साथै गठबन्धन सरकारले हरेका क्षेत्रमा कर लगाएर नेपाली जनतालाई हैरानी पारेको वताउँदै सरकार जनमूखि नभएको आरोप लगाए । वहुमतको सरकार भएपनि जनताको पक्षमा केहि कामहरु नगरेको नेता सिंहको तर्क छ । वाम गठबन्धन अपवित्र भएको संकेत गर्दै नेता शाहले केपी ओली प्रधानमन्त्री हुने इच्छा र प्रचण्ड पार्टी वचाउने दाउमा लागेर गठवन्धन गरेको ठोकुवा गरे ।
नेपाली काँग्रेस एक भएर जनतासामु अभियान लिएर हिडिरहेको वताउँदै नेता शाहले काँग्रेसको लडाई पार्टीमा आन्तरिक नभएर प्रतिस्पर्धी दलसंग भएको वताए । सम्पूर्ण नेता कार्यकर्ताहरु अव एक भएर संगठन विस्तारसंगै जनताका काम गर्न नेता शाहले आग्रह गरे । नेपाली काँग्रेसको उत्साहजनक अभियानले जनतामा सकारात्मक प्रभाव परेको नेता शाहले विश्वास व्यक्त गरे ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद हिमाल पहाड तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तरगत नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश ख कार्यसमिति दैलेखले नौम्ूलेमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस दैलेखका नेता तथा पूर्व स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले कार्यक्रमको वारेमा जानकारी गराएका थिए । राष्ट्रिय जागरण अभियानले नेता कार्यकर्तामा उत्साह छाएको वताउँदै नेता खड्काले सम्पूर्ण काँग्रेसीजनहरु एक भएर अगाडि बढ्न आग्रह गरेका छन् । नेपाली काँग्रेसका नेता खेमराज केसीले भष्ट्राचारै भष्ट्राचारमा गाँझिएको यो सरकारले जनतामूखि काम नगरेको तर्क गरे । साथै नेता केसीले यसका लागि नेपाली काँग्रेस नेता तथा कार्यकर्ता एक भएर खवरदारी गर्नुपर्ने वेला आएको वताए । नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश ख का सभापति नविन शर्माको सभापतित्वमा नौमूलेमा भएको कार्यक्रममा नेता कार्यक्रताहरु विच छलफल तथा अन्तरक्रिया गरिएको थियो ।