नौमूलेमा अवैध मदिरा नष्ट

मातृभूमी संवादाता । ५ भाद्र दैलेख
चाड पर्व नजिकिदै गर्दा अवैध मदिराको विग विगि वढ्न सक्ने भन्दै नौमूलेमा वजार अनुगमनलाई तिव्रता दिइएको छ । मदिरा नियन्त्रण समिति, इलाका प्रहरी कार्यालय स्थानीय जनप्रतिनिधिहरुको टोलीले अनुगमनलाइृ तिव्रता दिएको हो । आइतवर गरिएको अनुगमनमा नौमूले गाउँपालिका ५ मा ४० लिटर अवैध मदिरा नियन्त्रमा लिई नष्ट गरिएको इलाका प्रहरी कार्यालय नौमूलेका इन्र्चाज कर्णबहादुर चन्दले वताए । चाडवार्ड नजिकिँदै गर्दा जताभावि मदिरा सेवन गरी हो हल्ला गर्ने विकृति मच्चाउने जस्ता गतिविधिहरु वढ्ने भन्दै अवैध मदिरा नियन्त्रण गर्ने अभियान थालिएको इन्चार्ज चन्दले वताए । केहि दिन निरन्तर बजार अनुगमन गर्ने जनाइएको छ । अगामि दिनमा पनि प्रहरीले स्थानीय सरकार व्यापारी, मदिरा नियन्त्रण समितिको सहयोग लिएर घरेलु मदिरा नियन्त्रण गर्न विशेष अभियान चालाउने इन्चार्ज चन्दले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *