वजार अनुगमनमा कडाइ

मातृभूमी संवादाता । ६ असोज दैलेख
दैलेखका विभिन्न खाद्य, खुद्रा पसल तथा होटेलहरुमा अनुगमन गरिएको छ । सोमवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा सयुक्त अनुगमन टोलिले दैलेखका विभिन्न खाद्य, खुद्रा पसल तथा होटेलहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा ठुलो मात्रामा म्याद नाघेका सामान वरामद गरिएको छ । अनुगमनका क्रममा पेय पदार्थ, भुजा, चिउरा, मसला, दालमोठ, जुस, आलु चिप्स, चियापत्ति, विस्कुट, चाउचाउ आदि वरामद गरिएको हो । वरामद गरिएका सामाग्री मुचुल्का वनाई जिल्ला प्रसाशन कार्यालय दैलेखको रोहवरमा नष्ट गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषवहादुर थापाले वताए ।
अनुगमनका क्रममा अखाद्य र खाद्य वस्तुहरु अलग्गै ¥याकमा राख्नु पर्ने, लेवल हेरेर मात्र खरिद विक्रि गर्नु पर्ने, होटेलहरुमा किचेनको सरसफाई गर्ने, खाद्य वस्तुमा रंङ्ग कम मात्रामा प्रयोग गर्ने तथा पकाएर खाने वस्तुहरुमा रंङ्ग प्रयोग नगर्ने लगाएतको सुझाव दिएको निमित्त प्रमुख थापाले वताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख थापाले भने, ‘आगामी दिनमा अनुगमनका क्रममा सुझाव पालना नगरेको पाईए नियमानुसार कारवाही गरिने छ ।’
अनुगमन टोलिमा खाद्य निरिक्षक थापा, सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्रवहादुर थापा, दैलेख उद्योग वाणिज्य संघ दैलेखका प्रतिनिधी, प्रहरी तथा अन्य प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *