जनभावना अनुसारको विकास गरौं : सभामुख शाही

मातृभूमी संवादाता । ६ असोज दैलेख
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जनताको भवनाको कदर गर्दै बिकास निर्माण गर्नु पर्ने बताएका छन् । दैलेखको गौरव दैलेखको शान सम्पुर्ण दैलेखबासीको मुहारमा मुस्कान भन्ने मुल नारा रहेको ऐतिहासिक जिल्ला सभाको उद्घाटन गर्दै सभामुख शाहीले जनताले गरेको प्रश्नको कदर गर्दै बिकास निर्माणका काम गर्नु पर्ने बताए । ‘जनता न्यायधिस हुन् जनताले एक पटक अवसर दिने हो’ सभामुख शाहीले भने, ‘सधै यस्तो अवसर आउँदैन अवसर आएको वेला इतिहासको आवश्यकतालाई आत्मसाथ गर्दै अगाडी बढ्न सके समृद्ध जिल्ला निर्माण हुनेछ ।’
कर्णाली प्रदेशका समाजीक बिकास मन्त्री दल रावतले संघियता खतरा छ भनेर प्रचार गर्नु मुर्खता भएको बताएका छन् । ऐतिहासिक जिल्ला सभाको उद्दघाटन कार्यक्रममा बोल्दै मन्त्री रावलले संघियता हुर्कीने अबस्थामा छ संघियता नचाहाने तत्वहरुले संघियता खतरामा परिरहेको बताएपनि संघियताको रक्षा यहि सरकारले गर्ने बताए ।
सभाका बिशेष अतिथि तथा प्रतिनिधी सभाका सदस्य रबिन्द्रराज शर्माले स्थानीय सरकारले जनतको भावना अनुसार काम गर्नु पर्ने बताए । प्रतिनिधी सभा सदस्य शर्माले आफ्नो क्षेत्रको समृद्धि कसरी हासिल गर्ने भन्ने खालको खाका स्थानीय सकारले निर्माण गर्नुपर्ने वताए । संघिय लोकतान्त्रीक गणतन्त्र सबैको योगदान बाट आएको बताउँदै प्रतिनिधी सभा सदस्य शर्माले सबै मिलेर ल्याएको उपलब्धीलाई सस्थागत गर्नु सबैको दायित्व भएको उल्लेख गरे ।
कर्णाली प्रदेशका सदस्य एवम अर्थ समितिका सभापति अम्मरबहादुर थापाले स्थानीय सरकारलाई पुर्ण अधिकार संबिधानले दिएको भन्दै आफ्नो क्षेत्रका जनताको आवश्यकताका आधारमा योजना निर्माण गरेर जनतालाई स्थानीय सरकार आएको अनुभुती गराउनु अहिलेको आवश्यकता रहेको वताए ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र बहादुर शाहीले स्थानीय सरकारले जनताको भावनालाई कदर गर्दै प्रतिफल दिने काम गर्नु पर्ने बताएका । दैलेखमा बजेट प्राप्त आएको वताउँदै उनले कार्यान्वयन गर्ने स्थानीय सरकारको काम भएको वताए ।
नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले जिल्लाका स्थानीय तहरुको बिकासको गतिमा गईरहेको बताएका छन् । कानुन निर्माण गर्नु पर्ने जस्ता जटिल समस्या कारण सोचे अनुसार काम गर्न नसेको बताउदै उनले आगामी ३ बर्षका अवधीमा धेरै काम गर्न सकिने बताए ।
जिल्ला सभाका कर्णाली प्रदेश गाउँपालिका महासंघका उपाध्यक्ष एवम महावु गाउँपालिका अध्यक्ष जंग बहादुर शाहीले गाउँ तथा नगरपालिकालमा कर्मचारी र भौतिक संरचनाको अभावका कारण सोचे अनुरुप काम गर्न नसकेको बताए ।
जिल्ला सभामा पेश गरेको निति तथा कार्यक्रममा पुर्बधार तर्फ साबिकको कर्णाली र भेरी अञ्चल ब्यबसायिक साईनो जोड्ने कर्णाली प्रदेशकै आर्थिक मेरुदण्डको रुपमा रहेको सुर्खेत, दैलेख, महावु, नाग्मा, सिजा, मुगु हुदै नाक्चेनाङ्गला जोड्ने सडक राष्ट्रिय गौरवको आयोजनालाई २ लाईनमा बिस्तार गर्ने र स्तरउन्नती गर्ने, प्रदेशकै गौरवको रुपमा रहेको माथिल्लो डुगेश्वर दुल्लू कुसापानी नाग्मा मुगु हुदै नाग्चेनाग्ला जोड्ने पक्की सडक निर्माण, पुष्पलाल लोकमार्गको दैलेख बजार देखी जाहारकोट खोलीबजार खण्डको निर्माण कार्य यथासिघ्र सम्पन्न गर्ने, दैलेख नौमुले सडक कालिकोट जाजरकोट सडक निर्माण, खोलीबजार काशिकाँध कालिकोट सडक निर्माण, रामाघाट पिपलकोट कालिकोट सडक दूल्लु चामुण्डा ठाटिकाँध राकमकर्णाली अक्षाम सडक दैलेख बेस्तडा हुदै काचली जाजरकोट सडक माथिल्लो डुगेश्वर धरमपोखरा जाजरकोट सडकलाई प्रथामिकता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *