अवको जिम्मेवारी काँग्रेसको काँधमा छ : नेता कार्की

मातृभूमी संवादाता । ७ असोज दैलेख
नेपाली काँग्रेसका नेता जागरण अभियानका केन्द्रिय प्रतिनिधि सनक बहादुर कार्कीले सरकार जिम्मेवार नभएको भन्दै अवको जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको वताएका छन् । मंगलवार दैलेख सदरमुकाममा भएको नेपाली काँग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियानको समापन तथा विरोध सभा कार्यक्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका नेता कार्कीले सरकार नेपाली जनताप्रति जिम्मेवार नभएको वताउँदै अवको जिम्मेवारी काँग्रेसको काँधमा आएको वताएका हुन् ।
निर्मला पन्तको हत्यारा लगाएत देशमा भएका विभिन्न किसिमका घटनाहरु घटिरहँदा पनि सरकार चुप लागेर वसेको आरोप लागाउँदै नेता कार्कीले आम नागरिकप्रति सरकार जिम्मेवार नवनेको उल्लेख गरे ।
२००७ साल २०४६÷०४७ साल लगाएत नेपालमा भएका हरेक परिवर्तनमा नेपाली काँग्रेसको अहम भूमिका रहेको र अव पनि फेरी नेपाली जनताको रक्षा गर्न नेपाली काँग्रेसको जिम्मेवारी भएको नेता कार्कीले टिप्पणी गरे ।
नेता कार्कीले भने ‘जनताको पक्षमा केही नगरी आफ्नो पक्षमा मात्रै काम गरेर राज्यको ढुकटी रित्याउने काम यो सरकारले गरेको छ ।, ‘राज्यसत्ता कब्जा गरेर आफूले ब्रह्मलूट गर्ने प्रवृत्ति बढेको र नेकपा नेतृत्वको सरकारले लेनिनवाद र माओवादको सिद्धान्त अनुसरण गर्नुपर्छ ।’
समापन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय प्रतिनिधि मोतिराम बमले नेपाल र नेपालीको रक्षाको लागि नेपाली काँग्रेस मात्र भएको वताउँदै अव नेपाली काँग्रेस एक भएर जनताको रक्षाका लागि अगाडि वढ्न आग्रह गरेका छन् ।
‘कम्यूनिस्ट सरकारले आतंक र देशमा भ्रष्ट्राचार मात्र गर्न थाल्यो’ नेता बमले भने, ‘देश लुटेर खाने पार्टीलाई मान्छेले कसरी जनताको पार्टी भन्ने ।’ नेकपाको एकता नौटंकी मात्र भएको आरोप लगाउँदै नेता बमले पार्टी नमिललेको र केपी ओली र प्रचण्ड मात्र मिलेको दावी गरे ।
नेता बमले केपी ओली नेतृत्वको सरकार काण्डै काण्डले घेरिएको पनि दाबी गरे । केपी ओलीको सरकार आइसकेपछि छोटो समयमा यति धेरै काण्ड यो भन्दा अगाडि कहिल्यै नभएको टिप्पणी गरे । यो सरकार वाइडबडी काण्ड, सुनकाण्ड काण्ड, निर्मला हत्या काण्ड लगायतका काण्डै काण्डले घेरिएको वताए ।
नेपाली काँग्रेसका नेता तथा पूर्व स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले नेकपाका नेताहरु जनताका काम भन्दा भष्ट्राचारमा लिप्त रहेको वताए । भष्ट्राचार देखि लिएर काण्डै काण्डको यो सरकारले बाहिर आएका विभिन्न काण्डहरूमा सरकार र नेकपाका नेताहरू मात्रै जोडिएको दाबी गरे । जति पनि काण्डहरू भएका छन् सबै काण्डमा सरकारका र नेकपाका मान्छे मात्रै जोडिएको पूर्व स्थानीय विकास राज्यमन्त्री खड्काले आरोप लगाए ।
नेकपा सरकारका काण्डै काण्ड सार्वजनिक
नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय अध्यक्ष नैनसिंह महरद्धारा लिखित नेकपा सरकारका काण्डै काण्ड भन्ने पुस्तका सार्वजनिक गरिएको छ ।
नेपाली काँगे्रसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा वर्तमान सरकारको पालामा भएका सुन काण्ड, सिन्डिकेट काण्ड, निर्मला काण्ड, ठेक्कापट्टा काण्ड, गाई काण्ड, भ्रष्टाचार काण्ड, विधेयक काण्ड, बालुवाटार काण्ड, गुठी काण्ड, बजेट काण्ड, विषादी काण्ड लगायत एक सय २० भन्दा बढी सरकारका जनविरोधि काण्ड लेखकले समेटेका छन् ।
दोस्रो चरणको जागरण अभियान समापन तथा विरोध सभा कार्यक्रम अघि स्थानीय गणेश चोकवाट नारा र ¥याली सहित वजार परिक्रमा गरी स्थानीय लोकतन्त्रीक चोकमा सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *