कर्मचारीकाे असहयाेग छ : अध्यक्ष वुढा
जिल्लामा आफ्नो अलग पहिचान वनाएको नौमुले गाउँपालिका अहिले समृद्धिको यात्रामा लम्कँदै गरेको छ । समृद्धिको यात्रामा हिडिरहेको परिवेशमा यस क्षेत्रको विकास निर्माण र स्थानीय सरकारवाट भएका जनपक्षिय गतिविधीवारे गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरसंग गरिएको कुराकानीको संम्पादित अंस ।
निर्वाचित भैसकेपछि गाउँपालिकामा थालनी गरिएका नौला कार्यहरु के के हुन् ?
नौमुले गाउँपालिका अहिले विकासको क्रम अगाडी वढेको छ । धेरैजसो जनजातीको वसोवास भएको यस क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा अहिले गाउँपालिकाले मगर खाम भाषा कक्षा संचालन गरेको छ । त्यस्तै अहिले प्रविधीको युग भएकाले प्रत्येक माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा पनि शुरु गरिएको छ ।
गाउँपालिका भएपछि वडा नं. १, ३, ४ र ७ नया स्वास्थ्य चौकी स्थापना भएको छ । नौमुले प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल वनाउने तयारी गरीरहेका छौ भने विधुतको आपूर्ति हुनेवित्तिकै जिल्ला अस्पतालको सुविधा नौमुले प्राथमिक स्वास्थ्य केन्द्रवाट नै उपलव्ध गराउने तयारी गरेका छौ । अहिले केन्द्रीय विधुत लाईन विस्तार भैसकेको र दशै अगावै विजुली वाल्ने योजना वनाएका छौ भने एक वर्षभित्र प्रत्येक वडा सदरमुकाममा विधुत विस्तारको लक्ष्य लिएर अगाडी वढेका छौ ।
भुगोल र सामाजिक संरचनाले समाजमा देखिएका महिला हिंसा र वालविवाह जस्ता समस्या न्युनिकरण गर्न यहि मंसिर देखि अभियानको शुरुवात गर्दैछौ । त्यसैगरी गाउँपालिकामा रहेका ४८ वटा सामुदायिक विधालयमा विधार्थीको क्षमता विकासका लागि वक्तीत्वकला हाजिरी जवाफ प्रतियोगिता अतिरिक्त क्रियाकलाप गर्न साउण्ड सिस्टम प्रदान गर्दैैछौ । नौमुले क्षेत्रका असिना र हावाहुरी पिडितलाई लक्षित गरी केहिदिनभित्र खाध्य डिपो स्थापना गर्दैछौ ।
अहिले नौमुले क्षेत्रका जनताले जनप्रतिनिधीसंग कस्ता गुनासो लिएर आउने गरेका छन् ?
तुलनात्मक रुपमा नौमुले क्षेत्रका जनताको गुनासो धेरै छैन । पछिल्लो समय प्रकोप तथा विपदले केहि समस्या उत्पन्न भएपछि त्यस्ता समस्या लिएर जनताहरु आउने गरेको र त्यसको व्यवस्थापनको लागि गाउँपालिकाले सक्दो प्रयास गरीरहेको छ ।
विभिन्न रोगवाट थलिएका व्यक्तिहरु आर्थिक सहायताका लागि आउने गरेपछि गाउँपालिकाले आर्थिक सहायता कार्यविधी निर्माण गरी स्वास्थ्यकर्मीको सिफारीसमा दिर्घरोगीका लागि ५० हजारदेखि डेढ लाख र अन्य रोगी विरामीलाई २ हजारदेखि १० हजारसम्म आर्थिक सहायता प्रदान गर्दै आएका छौ । त्यसका लागि आर्थिक अवस्थालाई मुख्य रुपमा सुचक मानेका छौ ।
आयआर्जन र स्वरोजगारका क्रियाकलापलाई अगाडी वढाउन खोजेका छौ । आलु पकेट क्षेत्र, अलैची खेती, भेडावाख्रा पालनको लागि गोठ सुधार कार्यक्रम, त्यसैगरी धेरै जडिवुटी पाईने क्षेत्र भएकाले गाउँपालिकामै जडीवुटी प्रशोधन गर्ने योजना वनाएर तयारीमा जुटेका छौ । हाईड्रो हवका रुपमा परिचित नौमुले क्षेत्रमा संचालनमा आएका हाईड्रोपावरले सर्वसाधारणहरु ठगिएका छन् ।
निर्वाचनअघि मत माग्दै गर्दा गरेका प्रतिवद्धताहरु कति पुरा गर्नुभयो ?
निर्वाचनअघि जनतासंग मत माग्ने क्रममा जे प्रतिवद्धता गरेको थिए, त्यो भन्दा वढी नै गरेको दावी गरेको छु । झुटा आश्वासन मात्र दिएर हुदैन काम गरेर देखाउन सक्नुपर्छ । त्यसका लागि उपाध्यक्ष लगायत अरु जनप्रतिनिधीहरुसंग छलफल गरेर अगाडी वढेको छु ।
मैले काम गरेको छैन भने कोहीपनि गाउँपालिकाको जनता आएर सिधै मलाई भन्न सक्नुहुन्छ । अहिलेपनि गाउवस्तीमा मैले गरेका प्रतिवद्धता पुरा गर्न खोजे नखोजेकोवारे जनतासंग छलफल गर्न तयार छु । कति पटक राजनैतिक आग्रह पुर्वाग्रहले राम्रा कुरालाई पनि नराम्रो भनेर प्रचारवाजी गर्न खोजीएको भएपनि जनताले नै त्यसको छिनोफानो गरेका छन् ।
गाउँपालिकाको अरु जनप्रतिनिधी र कर्मचारीको सहयोग पाउनु भएको छ कि छैन ?
म जस्तै सवै जनप्रतिनिधीहरु पनि जनताको मत प्राप्त गरेर पदमा पुग्नु भएको हो । उहाँहरुलाई पनि म जत्तिकै चिन्ता चासो देखिएको छ । त्यसैले जनप्रतिनिधीको सहयोग पाईरहेको छु तर कर्मचारीवाट भने असहयोग छ । केहि कर्मचारीले जनचाहना, ईच्छाआकाँक्षाविपरित कार्य गर्न खोजेपछि त्यसको जवाफ जनप्रतिनिधीले दिनु परेको छ । यसले गर्दा म मात्र होईन गाउँपालिकाका सवै जनप्रतिनिधीहरु रुष्ट हुनु भएको छ । समयभित्र काम नगर्ने, जानकारी विना लामो विदा वस्ने, सुविधा धेरै खोज्ने जस्ता कार्यले काममा केहि अवरोध भएपनि त्यसलाई कम गर्ने प्रयास गरेका छौं । कर्मचारीका हकमा दशैं अगाडीदेखि नै विधुतिय हाजिरी प्रणाली शुरु गर्दैछौ ।
स्थानीयस्तरमा आयआर्जन र स्वरोजगारका लागि कस्ता कार्य र योजना अगाडी वढेका छन् ?
नौमुले क्षेत्रको अधिकांश भुभाग उच्च स्थानमा भएको हुँदा त्यस क्षेत्रको हावापानी अनुकुल आयआर्जन र स्वरोजगारका क्रियाकलापलाई अगाडी वढाउन खोजेका छौ । अहिले आलु पकेट क्षेत्र, अलैची खेती , वाख्राभेडा पालनको लागि गोठ सुधार कार्यक्रम शुरु गरीसकेका छौ । त्यसैगरी धेरै जडिवुटी पाईने क्षेत्र भएकाले गाउँपालिकामै जडीवुटी प्रशोधन गर्ने योजना वनाएर तयारीमा जुटेका
छौ । हाईड्रो हवका रुपमा परिचित नौमुले क्षेत्रमा संचालनमा आएका हाईड्रोपावरले सर्वसाधारणहरु ठगिएका छन् । सर्वसाधारणको गुनासो सुनुवाई गरेर आवश्यक छलफल शुरु गरेका छौ भने गाउँपालिकाकै पहलमा द्धारीखोला जलविधुत आयोजनामा ७/८ जना स्थानीयलाई रोजगारी दिलाएका छौ ।
गाउँपालिकाको विकासका लागि विनियोजित वजेटवाट कति सन्तुष्ट हुनुहुन्छ ?
भुगोलका हिसावमा पुर्वाधार विकास धेरै गर्नुपर्ने भएकाले वजेट कमी नै भएको महशुश गरेका छौ । विकासको मेरुदण्ड नै सडक भएको र सडक निर्माणका लागि वजेट अपुग नै भएको छ ।
द्धन्द्ध प्रभावित क्षेत्र भएका कारण पनि तुलनात्मक रुपमा प्राथमिकतामा राख्नुपर्ने देखिएको छ भने पर्यटकिय क्षेत्रको रुपमा रहेको द्धारी झरना लगायतको प्रचार प्रसार र विकासमा वजेट आवश्यक छ । त्यस्तै स्थानिय लोक कला संस्कृति जगेर्ना गर्नुपनि उत्तिकै जरुरी छ । सरकारको वजेटले मात्र विकास सम्भव नभएकाले विभिन्न दातृनिकाय, गैरसरकारी संघसस्ंथालाई पनि नौमुलेको विकास गर्न साझेदारीका लागि स्वागत गरिरहेका छौ । धन्यवाद ।