जिल्ला स्तरिय खुल्ला व्यडमिन्टन प्रतियोगिता हुने
मातृभूमी संवादाता । ९ असोज दैलेख
नरायण नगरपालिका १ को आयोजना तथा जिल्ला व्यटमिन्टन संघ दैलेखको समन्वयमा खुल्ला व्यटमिन्टन प्रतियोगिता हुने भएको छ । यहि असोज २६ गते देखि २८ गते सम्म संचालन हुने व्यडमिन्टन प्रतियोगितामा सहभागि खेलाडिहरुले असोज २४ गते कार्यालय समय भित्र नाम दर्ता गराई सक्नु पर्ने वडा सदस्य तथा प्रतियोगिताका संयोजक रमेश केसीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने खेलाडि जोडिले एक सेट जर्सी तथा प्रथम, द्धितिय तथा तृतिय हुने खेलाडि जोडिले स्तरिय ¥याकेट सेट प्राप्त गर्नेछन् । जस्को मुल्य क्रमस १५ हजार, १२ हजार र १० हजार पर्दछ ।
आयोजक तथा नारायण नगरपालिका १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठ पूर्व भलिवल राट्रिय खेलाडि हुन् । वडाअध्यक्ष श्रेष्ठ भने ‘व्याडमिन्टन बिश्वको फुटबल पछि सर्वाधिक बढि रुचाईने खेल हो ।, पछिल्लो समयमा वालवालिका तथा यूवाहरुको माझमा निकै लोकप्रिया बन्दै गएको छ । समग्रमा खेल क्षेत्रको विकास पनि संमृद्धिको आधार भएको हाम्रो निष्कर्ष हो ।, त्यसैले वडाको निति तथा कार्यक्रममा नै समेटेको हो ।’
जिल्ला व्यडमिन्टन संघका अनुसार सदरमुकाम क्षेत्रमा मात्र सय वढि खेलाडि नियमित खेल्ने गरेको तथ्याङ्क रहेको छ । तिन दिन संचालन हुने खेलका लागि रमेश कुमार केसीको संयोजकत्वमा जिल्ला व्यटमिन्टन संघ दैलेखका अध्यक्ष ललित बहादुर मल्ल, उपाध्यक्ष चक्र बहादुर सारु मगर, दिपक केसी र वडा सचिव गोपाल श्रेष्ठ गरि पाँच जनाको संचालन समिति निर्माण गरिएको छ । चाड पर्वको माहोलमा प्रतियोगिताले थप रौनकता थप्ने बिश्वास गरिएको छ ।
यसै विच नारायण नगरपालिका–१ को धुलपुरमा दशै तिहारको अवसरमा यहि असोज १७ गते शुभकामना आदानप्रदाद तथा मैत्रीपूर्ण भलिवल प्रतियोगिता कार्यक्रम हुने वडा श्रेष्ठले वताए ।