फरार अभियुक्त पक्राउ
मातृभूमी संवादाता । १० असोज दैलेख
फरार अभियुक्त पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका नारायण नगरपालिका ६ दैलेखका पदम प्याकुरेल प्रहरीले विहिवार पक्राउ गरेको हो ।
२०६४ सालमा नारायण नगरपालिका १ मा रहेको केसी मेडिकलमा काम गर्ने क्रममा साबिकको कालिका गाविस १ की पुनम ढेगामगरको गर्भपतन गराउँदा २०६४ साल असार १५ गते मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थिए ।
प्याकुरेललाई जिल्ला अदालत दैलेखले सुनाएको ६ महिनाको कैद भुक्तान गरेर छुटेका थिए । उनलाई पुनरावेदन अदालत सुर्खेतले जन्मकैदको फैसला गरेको थियो । सोहि फैसलालाई सर्वाेच्च अदालतले २०६८ साल भदौ ५ सदर गरेको थियो ।
त्यसपछि प्याकुरेल फरार अभियुक्तको सूचीमा परेका थिए । आफ्नो वसाईसराई जुम्ला गरेका प्याकुरेल लुकिछिपी दैलेखको भगवतीमाई गाउँपालिकाको वेस्तडामा वसेको खवर पाएपछि प्रहरीको विशेष टोलीले बिहीबार साझ पाँच बजेतिर पक्राउ गरेको हो ।
पक्राउ परेका प्याकुरेललाई शुक्रबार जिल्ला अदालत दैलेखमा बुझाएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए ।