बजार अनुगमनमा तिव्रता

  • ६ हजार ५० लिटर मदिरा नष्ट

  • १ लाख २० हजार रुपैयाँ वरावरको अखाद्य वस्तु फेला

    मातृभूमी संवादाता । १२ असोज दैलेख
    हिन्दुहरुको महान पर्व दिशै तिहार नजिकिँदै गर्दा दैलेख सदरमुकाम दैलेख बजारमा लगाएतका अन्या स्थानीय वजारमा अनुगमनलाई तिव्रता दिइएको छ । नारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दैलेखले संयूक्त रुपमा बजार अनुगमनलाई तिव्रता दिएका हुन् ।
    महँगी, म्याद सकिएका खाद्य पदार्थ तथा पिय पदार्थहरुमा हुने मनपरी व्यापार तथा अखाद्य वस्तुहरुको विगविगि हुने भन्दै अनुगमन गरिएको छ । उपभोग्य वस्तुको गुणस्तरियता लगाएतको अनुगमन समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले वताए । केहि दिन अगाडि दैलेख सदरमुकाममा गरिएको अनुगमनमा दुई दर्जन भन्दा वढि खाद्यान्न, होटल, मासु पसल, औषधी पसलहरुमा अनुगमन गरिएको थियो ।
    दैलेख सदरमुकाममा अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य पदार्थ तथा म्याद गुज्रेका पिय पदार्थ फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । उपभोक्ता ठग्ने, कम गुणस्तर भएको सामान बेच्ने अखाद्य बस्तु बेच्ने जस्ता गतिविधि हुन नदिन बजार अनुगमन थालिएको बताउँदै अगामि दिनमा यस्ता गतिविधि भएको पाइए कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।
    खाद्यान्न पसलबाट केहि अखाद्य बस्तु म्याद सकिएका, म्याद नै उल्लेख नभएका खाद्यवस्तु नष्ट गरिएको जनाइएको छ । दैलेख सदरमुकाम लगाएत अन्य स्थानीय तहमा गरिएको अनुगमनमा करिव १ लाख २० हजार रुपैयाँ वरावरको अखाद्य वस्तु र म्याथ गुज्रेका पिय पदार्थ फेला पारेर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । ‘हामिले यो चाडपर्व लक्षित मात्र नभएर नियमित वजार अनुगमन गर्ने कार्यक्रम तय गरेका छौं’ सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने, ‘अन्य समयमा भन्दा वढि चाड पर्वमा उपभोक्ता ठगिने भएकाले हामिले वजारमा मूल्य सूचि देखि लिएर अन्य क्षेत्रमा पनि अनुगमनको पाटोलाई कडाई गरेका हौं ।’

६ हजार ५० लिटर मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय दैलेखले चार्डपर्वमा अत्याधिक मदिरा सेवन गरेर झै–झगडा तथा घरेलु हिंसाका घटनाहरु घट्न सक्ने भन्दै अवैध घरेलु मदिरा नियन्त्रणमा कडाई गरेको छ । चाड पर्वमा हुने अधिकांस घटनाको प्रमुख कारक मानिने मदिरा नियन्त्रणलाई तीव्रता दिईएको छ । बजार अनुगमनसंगै प्रशासन र प्रहरी कार्यालयले मदिरा नियन्त्रण अभियानलाई तिव्रता दिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले वताए । दैलेख सदरमुकाम लगाएत अन्य स्थानीय तहका व्यापारी केन्द्रहरुमा गरिएको अनुगमनमा करिव १६ सय ५३ लिटर मदिरा र ४३ सय ९७ लिटर कच्चा पदार्थ गरी ६ हजार ५० लिटर फेला पारी नष्ट गरिएको प्रहरी प्रमुख वलीले वताए । नारयण नगरपालिका क्षेत्रमा १ सय ३३ लिटर, भगवतीमाई गाउँपालिकाको वेस्तडा बजार र मा ५ सय ६७ लिटर, दुल्लु नगरपालिका क्षेत्रमा २ सय लिटर, डुंगेश्वर गाउँपालिकामा २ सय ७३ लिटर, महावु गाउँपालिकामा ९० लिटर, आठविस नगरपालिकामा ५५ लिटर, चामुण्डाविन्द्रसैनी नगरपालिकामा २ सय ९० लिटर, नौमूले गाउँपालिका ५ लिटर, भैरवी गाउँपालिकामा २० लिटर, गुँरास गाउँपालिकामा २० लिटर र ठाँटिकाँध गाउँपालिकामा २५ लिटर गरी १६ सय ५३ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरी प्रमुख वलीले जानकारी दिए ।
प्रहरी प्रमुख वलीका अनुसार भदौ महिना र असोजमा १६ सय ५३ लिटर अवैध घरेलु मदिरा र ४३ सय ९७ लिटर कच्चा पदार्थ गरी ६ हजार ५० लिटर नियन्त्रणमा ल्याई नष्ट गरिएको छ ।

लागू औषधमा प्रहरीको निगरानी

चाड पर्वमा जिल्ला वाहिर जाने तथा भित्रिने क्रम वढेसंगै लागू औषध सेवन तथा ओसार पसार हुने भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखले चासो वढाएको छ । जिल्लामा लागू औषध प्रयोगकर्ता वढेको सूचना पाएसंगै प्रहरीले निगरानी पनि वढाएको हो । जिल्लामा प्रहरीको निगरानी टोलीले गाजाँ प्रयोगकर्तालाई प्रक्राउ समेत गरेको छ । दैलेखका विभिन्न स्थानमा गरिएको खोज अभियानमा १ रोपनी ९ कठ्ठा जमिनमा लगाइएको गाँजा फेला पारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
गोप्य सूचनाको आधारमा सदरमुकामका विभिन्न स्थानहरुमा प्रहरी परिचालन गरी आगू औषध प्रयोगकर्ताको निगरानी गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले वताए । आगू औषध सम्बन्धि विभिन्न खाले जनचेतनामूलक कार्यक्रम प्रहरीले गर्दै आएको र विगतको तुलनामा प्रयोगकर्ताहरु खासै नभेटेको प्रहरी प्रमुख वली वताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *