जिम्मेवार बन्न चालकलाई अनुरोध
मातृभूमी संवादाता । १२ असोज दैलेख
समृद्धिका लागि सुरक्षा अभियान ‘सडक सुरक्षा कार्यक्रम’ दैलेखमा सुरु गरिएको छ । देशव्यापी कार्यक्रम अन्तरगत तीन दिनसम्म सञ्चालन हुने उक्त अभियान दैलेख जिल्ला प्रहरी कार्यलय पछाडि वुकिङ टिकट काउन्टर नजिकै सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय टूाफिक प्रहरीद्धारा आयोजित उक्त सडक सुरक्षा अभियानमा निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले यात्रुहरुको सुरक्षालाई ख्याल राख्दै हुनसक्ने सम्भावित दुर्घटनावाट वच्न सवारी चालकलाई आग्रह गरेका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी क्षेत्रीले सवारी चालकले क्षमता भन्दा वढि यात्रु नहाली जिम्मेवार भई सवारी साधन चलाउन अनुरोध गरेका हुन् । चाड पर्वमा यात्रुहरुको चाप वढ्ने हुनाले यो समयमा वढि संमयमित र जिम्मेवार भई चालकले सवारी साधन चलाउनेमा आफु विश्वस्त रहेको क्षेत्रीले बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले नेपालीहरुको महान पर्व विजया दशमि नजिकिदै गर्दा यात्रुहरुको चाप वढ्न थालेकाले सुरक्षित यात्राका लागि जिम्मेवार भई सवारी चलाउन सम्पूर्ण चालकहरुलाई अनुरोध गरेका छन् । ‘दशैं दशा नबनोस् सुरक्षित यात्राको सदपयोग गरौं’ प्रहरी प्रमुख ओलीले भने, ‘चालकहरु सधैनै चनाखो र सुरक्षित सवार चालक हुनु पर्छ र वढि जिम्मेवार कत्व्र्यनिष्ठ यो समयमा हुनुपर्छ ।’ चाड पर्वमा यात्रुहरुको चाप वढि हुने भएकाले सवैको सुरक्षित यात्रामा जिम्मेवार भई सवारी साधन चलाउन प्रहरी प्रमुख ओलीले चालकहरुमा अनुरोध गरे ।
सडक सुरक्षा अभियान कार्यक्रममा चालकहरुलाई सुरक्षित यात्राको शुभकामना तथा दोसल्ला सहित सम्मान गर्दै सवारी चलाउन आग्रह गरिएको थियो । ‘यात्रा सहज होस् सुरक्षित होस् सवै यात्रु गन्तव्यमा सुरक्षित पुगुन् भन्दै हामिले सम्मान सहित शुभकामना दिएका छौ’ प्रहरी प्रमुख ओलीले भने, ‘प्रत्येक चालकहरुलाई सुरक्षित सवारी चलाउन उत्प्रेरणा जागोस् भन्दै सम्मान पनि गरेका हौं ।’
सडक सुरक्षा कार्यक्रम अन्तरगत कर्णााली प्रदेशको सडक आवगमन सरल, सुगम र नियमन गर्न, कर्णाली प्रदेशको सवारी दुर्घटनाका मुख्य कारणहरुलाई न्यूनिकरण गर्न, सवारी चालकहरुलाई टूाफिक नियमको पालना गराउन, सडक प्रयोगकर्तामा सुक्षित व्यवहार अपनाउन र सडक सुरक्षा सम्बन्धि जनचेतना र शिक्षामुलक गतिविधी सञ्चालन गरी यसको प्रचार प्रशार गरिने दैलेखका प्रहरी प्रमुख ओलीले जानकारी दिए ।
चाड पर्वमा वढि यात्रुहरुको चाप हुने भएकाले चालकहरुलाई सुरक्षित सवारी चालक र ट्राफिक नियमका वारेमा विभिन्न गतिविधिहरु वारे जानकारी गराइएको जिल्ला ट्राफिक कार्यालय दैलेखका इन्चार्ज नन्दाराम जैसीले वताए । उनले जिल्लाका व्यापारी केन्द्र तथा सदरमुकामका चौक चौकमा सवारी चेकजाँचमा कडाई गरिएको वताए ।