दैलेखमा सांस्कृतिक एवं घरेलु व्यापार महोत्सव हुने

फाइल तस्वीर

मातृभूमी संवादाता । १५ असोज दैलेख
दैलेखमा सास्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ हुने भएको छ । ‘दैलेखको धार्मिक तथा पर्यटन क्षेत्रको प्रचार प्रशार हाम्रो अभियान’ भन्ने मूल नाराका साथ दैलेखमा साँस्कृतिक तथा व्यापार महोत्सव हुने भएको हो । सेतीवराह मिडिया प्रमोशन प्रालि दैलेखको आयोजनामा यहि असोज २९ गतेदेखि कार्तिक ९ गतेसम्म दैलेख सदरमुकाम काँडाचौरमा सञ्चालन हुने भएको हो ।
दैलेखको कृषि पर्यटन, उद्योग र व्यापार क्षेत्रको प्रचार प्रशार तथा प्रर्वद्धन गर्ने उद्दश्येका साथ महोत्सव गर्न लागिएको साँस्कृतिक तथा व्यापार महोत्सवका संयोजक यामबहादुर थापाले वताएका छन् । दैलेख जिल्लाको पर्यटन प्रर्वद्धन तथा प्रचार प्रशार गर्दै जिल्लाको व्यापार र कृषि क्षेत्रमा टेवा पु¥याउन व्यापार महोत्सवको आयोजना गरिएको संयोजक थापाले वताए ।
यहि आसोज २९ गतेदेखि कार्तिक ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा जिल्लाका ११ वटै स्थानीय तहको साँस्कृतिक झलकहरु, स्थानीय देखि राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती रहनुका साथै स्थानीय उद्यमीहरुले उत्पादन गरेको कृषिजन्य बस्तु प्रदर्शनीमा समेत राखिने आयोजकको भनाई छ । जिल्लमा रहेका थुप्रै पर्यटकिय स्थलहरुको प्रचार प्रशारका साथै जिल्लाको व्यापारलाई मध्यनजर गर्दै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनका लागि यो महोत्सवको महत्वपूर्ण भूमिका रहने अयोजक पक्षले अपेक्षा गरेको छ । साथै नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि यो महोत्सवले सहयोग पु¥याउने आयोजकको भनाई ।
दैलेखको पर्यटकिय क्षेत्रलाई देशव्यापी रुपमा चिनाई जिल्लाको व्यापार व्यवसालाई मध्यनजर गर्दै महोत्सवको आयोजना गरिएको महोत्सवका आर्थिक संयोजक एल.बि. थापाले वताए । ‘महोत्सवको माध्ययमवाट दैलेख जिल्लाको स्थानीय परम्परागत सिप कला र संस्कृतिको विकास गरी धार्मिक सांस्कृतिक एवं ऐतिहाँसिक क्षेत्रलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनाउन महोत्सवको महत्वपूर्ण भूमिका रहन्छ’ आर्थिक संयोजक थापाले भने, ‘जिल्लाका ११ वटै स्थानीय तहहरुमा रहेका थुपै्र पर्यटकिय सम्भावना वोकेका क्षेत्र ओझेलमा छन् तिनिहरुको पनि यसै माध्ययमवाट प्रचार प्रशार गरी राष्ट्रिय स्तरमा चिनाउन महोत्सवको भूमिका रहने छ ।’
महोत्सवको वाह्य तथा आन्तरिक तयारी तिव्र गतिमा भएको र यस महोत्सवलाई सफल वनाउन जिल्लावासी सवैको सहयोग आवश्यक रहेको आर्थिक संयोजक थापाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *