नारायण नगरपालिकाको चरम लापरवाही, जेष्ठ नागरिक भत्ता पाउनवाट वन्चित
मातृभूमी संवादाता । १८ असोज दैलेख
जिल्लाको नारायण नगरपालिकाको लापरबाहीका कारण दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित भएका छन् । बृद्धबृद्धा तथा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता नपाएका हन् । संघीय सरकारले समयमै पठाएको भए पनि नगरपालिकाको लापरबाहीका कारणले ज्येष्ठ नागरिकले भत्ता पाउँन नसकेका हुन् ।
विगतमा नगरपालिका १ देखि ९ वडासम्मको सामाजिक सुरक्षाभत्ता दैलेखमा रहेको एनएमबी बैंकबाट वितरण गरिँदै आएको थियो । यसपटक कार्यकारी अधिकृतको सरुवाको कारण देखाउँदै नगरपालिकाले समयमै निकाशा नदिँदा ज्येष्ठ नागरिकले दशैंको मुखैमा भत्ता पाउनबाट बन्चित भएका हुन् ।
नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले नगरपालिकाको खाता संचालन गर्न समय लागेका कारण सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ भएको बताए । उनले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक आउन ढिला भएका कारण पनि समयमै समाजिक सुरक्षा भत्ता पठाउन नसकिएको बताए ।
दशैं अगावै पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भए पनि प्राविधिक कारणले ढिलाइ भएको नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले बताए । यता, एमबि बैंकलाई नगरपालिकाबाट १३ गते मात्र सामाजिक सुरक्षा भत्ता निकासाको चेक आएकोले केही समस्या भएको बैंककी जिल्ला प्रबन्धक निर्मला श्रेष्ठले बताइन् ।