गजल (सन्दर्भ केहि दैलेखी गजलकार)

लेखक-ज्वाला प्रसाद खनाल, दैलेख

“मणि” हुन इतिहास “दिपेन्द्र” जीवन खण्डहर
मिल्यो निक्कै “भावुक”लाई बहलिने अवसर।

“अमृत” सुधा बोकी आए आँसु पुछीपुछी
“रविन”,”गोमा”,”रेजिना”ले पगाले कडा पत्थर।

“अभीलाषी” प्यासी बने “प्रभात” फुले बगैँचामा
“रोकाय”,”पदम” ,”वितिष”ले ल्याए गाउँका खबर।

“भुपेन्द्र”ले आमा सम्झे “विसर्जन”ले आफ्नै माटो
“महासागर” र “बिद्रोही” लौ देखिँदैछन प्रखर ।

“पहाडी” र “अटल” “अन्जु” “सन्देश” तथा “महेश”
गजलमा आगो सरी बल्छन यिनी भर्भर ।

लाग्छन् मलाई यि दैलेखी सुन्दर हीरा मणि
छुट्याउन गाह्रो भयो कसको कति स्तर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *