नगरवासीलाई दसैंमा बस सेवा ‘उपहार’

मातृभूमी संवादाता । २५ असोज जम्बुकाँध (दैलेख)
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगर बस संचालनमा ल्याएको छ । कर्णाली प्रदेशमै पहिलो पटक नगरवासीलाई यातायात सुविधाको पहुँच सहज बनाउने उद्देश्यले नगर बस संचालनमा ल्याईएको हो । नगर बस संचानलमा आएपछि स्थानीय खुसी भएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले नगर क्षेत्रको पालेतडा देखि तीजडासम्म नगर वस संचालन गरिएको जानकारी दिए ।
पालेतडा तथा पाल्त क्षेत्रका सर्वसाधारणलाई यातायात सेवालाई सहज बनाउने उद्देश्यका साथ नगर वस सेवा संचालन गरिएको उनले बताए । प्रत्येक दिन चामुण्डाविन्द्रासैनी नगरपालिको वडा नं. ७ पालेतडा देखि वडा नं. १ को तीजडाडासम्म नगर वस सेवा संचालन हुने उनले जानकारी दिए ।
नगरपालिकाका प्रायजसो ः सबै वडाहरु सडक संजालसंग जोडिसकेको र गाउँमा तत्काल खोजेको समयमा गाडी नपाउने र सानै कामका लागि पनि गाडी रिर्जब गरेर नै जानुपर्ने भएकाले गरिब, असहाय र असक्तका लागि गाडी रिजर्व गर्न निकै गाह्रो हुने गरेको उनको भनाई छ ।
उनले भने, ‘नगर बसले सुलभ टिकटमा सबै नगरबासीलाई सेवा प्रदान गर्ने छौँ ।, अब नगरबासीलाई आवत–जावत गर्न सहज हुनेछ ।’ नगरसभा र नगरकार्यपालिकाको बैठकबाट नगरबासीहरुको यातायातमा सहजताका लागी नगर बस संचालनमा ल्याउने निर्णय अनुरुप नै नगर बस संचालनमा ल्याईएको हो । जेष्ठ नागरिक, बाल–बालिका र अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क सेवा प्रदान गरिने उनको भनाई छ ।
लामो तथा छोटो दुरीका जीपहरुले महिला, बालक, वृद्धवृद्धा, अपांगता तथा सर्वसाधारण व्यक्तिले सहज र सस्तो रुपमा सेवा नपाउने भएपछि नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा नगर सभाबाट ३५ लाख बजेट विनिजोजित गरि नगर बस संचालनमा ल्याईएको चामुणडाविन्द्रासैनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिए ।
उनले नगर क्षेत्रका जनतालाई सहुलियत यातायातको निकै समस्या भएकोले नगर बस सन्चालनमा ल्याएको जानकारी दिए । नगरपालिकाको वडा नम्बर १ देखि ९ नम्बर वडासम्म नगर बस सञ्चालन गरिने उनले जानकारी दिए । सहुलियत भाडा दर कायम गरी नगरपालिकाले २१ सिट क्षमता भएको बस संचालनमा ल्याएको हो । नगर बसको विभिन्न रुटको भाडादर निर्धारण गरिने र टिकट अनिवार्य गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *