गरिब बालबालिकाको शिक्षामा राम्रो गर्न सके परिवारको सुख फर्किन्छ : अध्यक्ष मल्ल

मातृभूमी संवादाता । २६ असोज दैलेख
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले गरिब बालबालिकाको शिक्षामा राम्रो गर्न सके परिवारको सुख फर्किने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले डुङ्गेश्वर गाउँपालिकामा सञ्चालन गर्न लागेको इएलपी कार्यक्रम दोश्रो चरणको कार्यक्रम बारे आइतवार डाँडापराजुलमा भएको परियोजना परिचय तथा मानव अधिकार समूह गठन बैठकमा उनले सो विचार राखेका हुन् ।
नागरिकहरुलाई उत्पादनमूलक काम प्रेरित गर्न गरिब परिवारका बालबालिकालाई शिक्षा दिएर समृद्धि ल्याउन गाउँपालिकाले शिक्षामा लगानी केन्द्रित गरेको बताउदै अध्यक्ष भूमिहीन र आवासको समस्या भएका दलितहरुका समस्या समाधानका निम्ति सहयोग गर्न तयार रहेको बताए ।
त्यसबखत अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले संविधानमा आवासको अधिकार व्यवस्था भएको तर कतिपय गरिब तथा भूमिहीनहरुले आवासको सुविधा नपाएको अवस्थामा इएलपी कार्यक्रमले वकालत तथा पैरबी गर्ने जनाए ।
संयोजक सुवेदीले इन्सेकको मावन अधिकार पैरबी अभियानको ३० वर्ष अवधिमा युद्धको समयमा शान्ति प्रवद्र्धन गर्नुसंगै शान्ति प्रक्रियापछि साँस्कृृतिक तथा राजनीतिक अधिकारको सवाललाई प्राथमिकता दिएको बताए ।
इएलपी कार्यक्रमले पैरबी गर्ने शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारसंग अव प्रमुखता दिएको आवास अधिकारको विषयमा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता सीता बुढाले प्रकाश पारेका थिए ।
डुङ्गेश्वर गाउँपालिका उपाध्यक्ष सीता ज्ञवाली, वडा नं. १ का वडाध्यक्ष लोकबहादुर डाँगी, वडा नं. ४ का वडाध्यक्ष खगेन्द्रबहादुर थापा र वडा नं. ५ का वडाध्यक्ष टेकबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढा समेतको उपस्थिति रहेको सो बैठकले अधिकारकर्मी मीना बिकको संयोजकत्वमा ९ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ ।
समूहको उपाध्यक्ष प्रेमबहादुर बादी, समस्यहरु मीना बादी, सुनिता सोनी, बिष्णा बादी, पूर्णिमा गुरुङ्ग, रेखा थापा, गोवद्र्धन गाइने र नन्दा गन्धर्व सर्वसम्मतीमा चुनिएका छन् । यो समूहले डुङ्गेश्वर गाउँपालिका स्तरमा आवास अधिकारको संगसंगै मानव अधिकार विभिन्न सवालमा पैरबी इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता सीता बुढाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *