जिल्लालाई समृद्ध वनाउन तर्फ लागौँ : अध्यक्ष शर्मा
मातृभूमी संवादाता । २६ असोज दैलेख
प्रतिनिधि सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टि (नेकपा) दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले अव सवै पार्टि नागरिक समाज, स्थानीय सरकार मिलेर जिल्लाको समृद्धिका लागी अगाडी वढ्नु पर्ने वताएका छन् । नेकपा दैलेखले आईतवार सदरमुकाममा आयोजना गरेको विजया दशमी तथा शुभ दिपावली शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा शर्माले यस्तो वताएका हुन् ।
अध्यक्ष शर्माले विगतका राजनितिक उतार चढाव पारगरी सकेको वताउँदै अव जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ र गाउँ तथा नगरलाई कसरी समृद्ध वनाउन सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिनु पर्ने वताए ।
शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य राजवहादुर वुढा, कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही, कर्णाली प्रदेश सभा सदस्य अमरवहादुर थापा, मिनासिंह रखाल लगाएत जिल्ला स्तरका नेता कार्यकर्ता तथा स्थानीय सरकार प्रमुख, उपप्रमुख लगाएतको सहभागीता रहेको थियो ।