समृद्धिका लागी राजनितिक दल एक हुनुपर्छ : सभामुख शाही

तस्वीर विनाेद श्रेष्ठ

मातृभूमी संवादाता । २६ असोज दैलेख
कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाहीले मुलुकको समृद्धिका लागी सवै राजनितिक दलहरु एक भएर अघि वढ्नु पर्ने वताएका छन् । नेपाली कांग्रेस दैलेखले आईतवार सदरमुकाममा आयोजना गरेको विजया दशमी, शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वतको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा वोल्दै सभामुख शाहीले यस्तो वताएका हुन् ।
कार्यक्रममा वोल्दै सभामुख शाहीले राजनितिक दलहरु वीच सहमति भएपछि मुलुकको विकासमा टेवा पुग्ने वताए । उनले सहमति र सहकार्य गरेर अगाडी वढेमा भाईवन्धुत्वको विकास हुने भन्दै यस्ता भेटघाटले सामाजिक रुपमा रहेका विमतिहरु निमिट्यान्न हुने वताए ।
चियापान कार्यक्रममा नेपाली कांग्रेस दैलेखका सभापति कृष्ण कुमार विसिले कांग्रेसका संस्थापक नेता विपि कोईरालाको मेलमिलाप निति अन्र्तगत हरेक वर्ष कोजाग्रत पुर्णिमाको दिन केन्द्रमा मात्रै चियापान कार्यक्रम गरिदै आएको भएपनि गएको वर्षदेखी देशभरी नै गर्दै आएको वताए ।
चियापान कार्यक्रममा जिल्ला स्थीत विभिन्न राजनितिक दलका प्रतिनिधी, जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!