दैलेख उद्योग वाणिज्य संघ आन्दोलित, वल प्रयोग गरी वाटो खुलाईयो (फोटो फिचर)
मातृभूमी संवादता । २९ असोज दैलेख
महोत्सव आयोजकले आफुहरुसँग कुनै पनि समन्वय नै नगरेको भन्दै दैलेख उद्योग वाणिज्य संघ दैलेखले आज (वुधवार) आम हड्ताल गरेको गरेको छ । महोत्सव उद्घाटनको दिन आज (वुधवार) दैलेख उद्योग वाणिज्य संघ दैलेखले आम हड्ताल गरेको हो ।
विषेश गरेर व्यापार हुने समयमा महोत्सव गर्न लागेपछि आफुहरुलाई घाटा हुने भन्दै फेन्सी व्यवसायी उद्योग वाणिज्य संघमा गएपछि दैलेख उद्योग वाणिज्य संघले वजार र यातायातका साधनहरु ठप्प पार्दै आन्दोलनमा उत्रिएको हो । नाराजुलुस सहित आन्दोलनमा उत्रिएको संघले वजार वन्द गर्दै सडकमै वसेर आन्दोलन गरेपछि सडक अवरुद्ध खुलाउन सुरक्षाकर्मीले वल प्रयोग गरेको छ ।
दैलेखको देवकोटा चोकमै वसेर सडक अवरुद्ध गर्दा केहिवेर स्थीति तनाव ग्रस्त वनेको थियो । स्थीतिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले वल प्रयोग गरी वाटो छेकेर वसेका व्यापारीलाई त्याहाँवाट हटाएको छ । अहिले पनि संघले नारावाजी गरिरहेको छ ।
उनीहरुले व्यापारी एकता जिन्दावाद । प्रहरी दमन मुर्दावाद । नपुंसक सरकार मुर्दावाद । दैलेख महोत्सव स्थगित गर । जस्ता नाराहरु लगाएका थिए ।
हेर्नूहोस् तस्वीर सहित..