दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सव सुरु (फाेटाे फिचर)
मातृभूमी संवादाता । २९ असोज दैलेख
दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ को वुधवारदेखी सुरु भएको छ । ‘दैलेखको धार्मिक तथा पर्यटन क्षेत्रको प्रचार–प्रसार हाम्रो अभियान’ भन्ने मुल नाराका साथ संचालन भएको दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ को वुधवार प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माले एक भव्य समारोहका विच उद्घाटन गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै शर्माले दैलेख जिल्लाको पर्यटकीय क्षेत्रको पचार–प्रसार गर्न महोत्सवले सघाउने बताए । निजि सवाल भन्दा माथी उठेर यस्ता मेला महोत्सव गर्नु पर्ने उनको तर्क थियो । विकास निमार्णले गति लिदै गरेको अवस्थामा आर्थिक समृद्धि अहिलेको मुख्य आवश्यकता भएको उनले वताए ।
यस्तै प्रतिनिधी सभा सदस्य पार्वती विशुन्के विशेष गरेर यो महोत्सव ऐतिहासिक हुने बताईन् । महोत्सवमा सुपथ मूल्यमा सामान किनमेल र कलासस्कृतीको प्रवद्र्धन गर्ने कुरा खुसीको कुरा भएको बताईन् ।
विसुन्केले महोत्सवलाई व्यावसाय गर्ने थलोको रुपमा मात्र विकास गर्ने नभई संस्कृति जर्गेना गर्ने थलोको रुपमा लिनु पर्ने वताईन् ।
यस्तै नारायण नगरपालिकाका दैलेखका मेयर रत्न बहादुर खड्काले साँस्कृतिक महोत्सवको सफलताको शुभकामना दिएका थिए । नगर सरकारले साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रचार–प्रसारसँगै आर्थिक समृद्धिमा पनि विसेष जोड दिएको उनले वताए ।
खड्काले भने ‘पुराना लोपोन्मुख लोकसंस्कृति, कला साहित्यको जगेर्ना गर्ने र जिल्लाका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागी नगरले कुनै कसर बाँकी राख्दैन ।’
दैलेख जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलको प्रचार–प्रसारका लागी आयोजना गर्न लागीएको महोत्सव कात्तिक ६ गते सम्म संचालन हुने छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सब स्थल दैलेखको काँडाचौरको सुरक्षाका लागि सि.सि क्यामेरा जडान गरिने छ । सि.सि. क्यामेराको मद्धतले महोत्सव अवधिभर हो हल्ला गर्ने र उश्रृंखल कार्य गर्नेहरुलाई तत्काल कारवाही गर्न सकिने व्यवस्था समेत आयोजकले मिलाएको छ । महोत्सबमा झण्डै १५० भन्दा बढी स्टल राखीएको आयोजकले जानकारी दिएको छ ।
महोत्सव आयोजक समितिले दैलेखको नयाँ वजार स्थीत हाईस्कुल अगाडी युरोगार्ड सहितको स्वच्छ खानेपानी ट्यांकि राखिसकेको छ ।
दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सवमा बिभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरुले बिभिन्न साँगितिक कार्यक्रमहरु प्रस्तुत गर्ने छन् । साथै दैलेख जिल्ला भित्र रहेको विभिन्न नाचहरुको प्रस्तुती रहने बताइएको छ । महोत्सबमा दैलेख जिल्लामा उत्पादित विभिन्न कृषि उपज बस्तुुहरुको खरिद बिक्री समेत गरिने भएको छ ।
तस्विर सहित हेर्नुहाेस् . . .