दैलेखमा टि–२० क्रिकेट प्रतियोगिता सम्पन्न, टिम सुर्खेत विजयी
मातृभूमी संवादाता । १ कार्तिक दैलेख
दैलेखको नारायण नगरपालिकामा आईतवार (असोज २६) देखि सुरु भएको टि–२० क्रिकेट प्रतियोगितामा टिम सुर्खेत बिजयी भएका छन् । नारायण नगरपालिका स्थित नारायण क्याम्पसको खेल मैदानमामा भएको फाईनल खेलमा महाँवु गाउँपालिकालाई हराउँदै टिम सुर्खेत विजयी भएको हो ।
नेपाल क्रिकेट संघ (CAN) दैलेखको आयोजनामा प्रतियोगिता संचालन भएको हो । प्रतियोगितामा वेस्ट वलर नरेन्द्रनाथ पाण्डे घोषित भए भने उत्कृष्ट व्याट्स म्यान रविन्द्रजंग शाही घोषित भए ।
विभिन्न ६ टीमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिम सुर्खेतले नगद ४० हजार सहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेता महावु गाउँपालिले नगद २० हजार सहित कप, मेडल र प्रमाणपत्र हात पा¥यो ।
नेपानेपाल क्रिकेट संघ (CAN) दैलेखका अध्यक्ष मौसम थापाले खेल क्षेत्रको विकासका लागी र खेलाडीहरुको व्यक्तित्व विकासका लागी आफु हरपल लागी रहने वताए । खेलकुदकै माध्यामवाट आफुहरु जिल्लालाई चिनाउन लागी परेको उनको भनाई छ ।