दैलेख महाेत्सवमा शनिवार राजेश हमाल आउँदै

मातृभूमी संवाददाता । २ असोज दैलेख
दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ को चौथो दिन पनि जारी रहने भएको छ । गएको असोज २९ गतेदेखी सुरु भएको महोत्सवको चौथो दिन आज (शनिवार) पनि जारी रहने भएको हो । महोत्सवको चौथो दिन आज (शनिवार) नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल लगाएत राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले वताएको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुले दैनिक जसो आफ्नो प्रस्तुती राखिरहेका छन् । आयोजकले महोत्सब स्थल काँडाचौरको सुरक्षाका लागि सि.सि. क्यामेरा जडान गरिएको छ । सि.सि. क्यामेराको मद्धतले महोत्सव अवधिभर हो हल्ला गर्ने र उश्रृंखल कार्य गर्नेहरुलाई तत्काल कारवाही गर्न सकिने व्यवस्था समेत आयोजकले मिलाएको छ । महोत्सबमा झण्डै १५० भन्दा बढी स्टल राखीएको छ । महोत्सवमा दैलेख जिल्लाका लघु घरेलु उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुका प्रदर्शनका लागी राखिएको छ । साथै दैलेखमा उत्पादित विभिन्न कृषि उपज बस्तुुहरुको पनि खरिद बिक्री समेत भैरहेको छ ।
यस्तै वालवालिकाहरुका लागी वाल उद्यानको पनि व्यवस्था गरिएको छ । दैलेख जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलको प्रचार–प्रसारका लागी आयोजना गरिएको महोत्सव कात्तिक ६ गते सम्म संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *